स्याङ्जाका लोकगीतमा अभिव्यक्त लोकजीवन {Folklore expressed in the folk songs of Syangja}

Authors

  • प्रमोद Pramod पंज्ञानी Pangyani Lecturer in Nepali at Tribhuvan Multiple Campus, Nepal

DOI:

https://doi.org/10.3126/kanyaj.v3i1.45402

Keywords:

स्याङ्जाली, स्याङ्जा, लोकजीवन, लोकगीत, अभिव्यक्ति, Syangjali, Syangja, Lokjeevan, Lokgit, Abhyabkti

Abstract

प्रस्तुत लेख स्याङ्जा जिल्लामा प्रचलित लोकगीतमा अभिव्यक्त स्याङ्जाली लोकजीवनका मूलभूत पक्षहरूको अध्ययनमा केन्द्रित छ । भौगोलिक, सामाजिक तथा सांस्कृतिक विविधताले मात्र नभई लोकसंस्कृतिका दृष्टिले अझ सम्पन्न ठहरिएको यस जिल्लाभित्र परम्परागत एवम् मौखिक प्रचलनमा रहँदै आएका , विभिन्न भाका या लयका लोकगीत नेै स्याङ्जाली लोकगीत हुन् । यस अध्ययनमा स्याङ्जाका लोकगीतमा स्याङ्जाली जनजीवन र त्यससँग सन्निहित विविध जीवनसन्दर्भको अभिव्यक्ति के कसरी भएको, आएको छ भन्ने कुराको वस्तुगत खोजी गरिएको छ । सामग्री सङ्कलन क्षेत्रकार्य तथा पुस्तकालय स्रोतबाट गरिएको छ । विश्लेषण तथा व्याख्या विधिको यसमा उपयोग गरिएको छ । स्याङ्जामा प्रचलित विविध लयका लोकगीतको अध्ययन गर्दा तिनमा आंशिक वा सघन कुनै न कुनै रूपले स्याङ्जाली जनजीवनसँग जोडिएका विविध भावसन्दर्भहरू प्रतिबिम्बित हुनआएको देखियो । त्यसमा पनि खासगरी लोकजीवनको अभिन्न अङ्गका रूपमा रहने लोकविश्वास, मायाप्रेम, कृषिकर्म, विरहवेदना, परदेशी जीवन,भाग्यवादी चिन्तन, आध्यत्मिक चिन्तन जस्ता पक्षहरू अति सघन रूपमा अभिव्यक्त भएको भेटियो । अन्त्यमा यहाँ लोकजीवनका विविध सन्दर्भहरूको अभिव्यक्तिका दृष्टिले स्याङ्जाका लोकगीत महइभ्वपूर्ण र अध्येय रहेको निष्कर्ष स्थापित गरिएको छ l

Downloads

Download data is not yet available.
Abstract
64
PDF
36

Downloads

Published

2022-05-26

How to Cite

पंज्ञानी Pangyani प. P. (2022). स्याङ्जाका लोकगीतमा अभिव्यक्त लोकजीवन {Folklore expressed in the folk songs of Syangja}. Kanya Journal, 3(1), 111–121. https://doi.org/10.3126/kanyaj.v3i1.45402

Issue

Section

Articles