गीतादर्शनको दृष्टिमा ‘सुकरातको डायरी’ उपन्यास {The novel 'Socrates Diary' from the point of view of Gitadarshan}

Authors

  • नारायण Narayan चालिसे Chalise Associate Professor in Nepali at Nepal Sanskrit University, Nepal

DOI:

https://doi.org/10.3126/kanyaj.v3i1.45401

Keywords:

विवशता, नियतिवाद, कर्मवाद, आत्महन्ता, अध्यात्म, Bibasata, niyativad, karmavad, aatmahanta, adhyatma

Abstract

प्रस्तुत लेख उपन्यासकार गोविन्दराज भट्टराईद्वारा लिखित सुकरातको डायरी उपन्यासको विश्लेषणमा केन्द्रित रहेको छ । श्रीमद्भगवद्गीतामा प्रयुक्त विभिन्न दर्शनहरूमध्ये कर्मयोग र नियतिवादी मान्यताका आधारमा प्रस्तुत उपन्यासको विश्लेषण गर्ने काम यस लेखमा गरिएको छ । कर्मयोग र नियतिवादी मान्यताले बलियो यस उपन्यासको प्राज्ञिक विमर्श अघि बढाउनु यस लेखको खास उद्देश्य हो । जति हिँडिन्छ निर्धारण गरिएको गति हिँडिन्छ । त्यो हिँडाइपछि पनि पुग्ने ठाउँ त्यत्तिकै अनिश्चित छ तापनि हिँड्नु अधिकार, कर्म र कर्तव्य पनि हो । गन्तव्यमा पुग्नै पर्ने अधिकार मानिसले राख्दैन । यस उपन्यासमा कुनै पनि अपेक्षा नगरीकन कर्मलाई पछ्याइएको छ । त्यसैगरी हाम्रो जीवनका कुनै पनि कर्महरूको परिणाम हाम्रो हातमा छैन । जीवन नियति निर्देशित यात्रामा छ त्यसैले जेजस्ता परिणतिहरू हात लाग्छन् तिनलाई स्वीकार्नु बाध्यता हो भन्ने मान्यता नियतिवाद हो । यस उपन्यासका हरेक पात्र,तिनका कर्म र परिणाम सवै स्वतः परिचालित नियतिलाई अङ्गीकार गरेर भएका छन् । जीवन पनि र जगत् पनि गीता दर्शनमा व्यक्त भएजस्तै कर्मका अनिवार्यताबाट प्रभावित छ । मानिस भौतिक देह र आध्यात्मिक विचार लिएर हिँडेको छ । भौतिक प्राप्तिमा अध्यात्म प्रशन्न छैन । आध्यात्मिक उपलब्धिमा भौतिक देहले चित्त बुझाउँदैन भन्ने मान्यता सर्धै बहसमै रही आएको छ । उपन्यासमा पूर्वीय आत्मिक जगत् र पाश्चात्य भौतिक जगत्को मिश्रणबाट विचारको प्रक्षेपण गरिएकाले मानिस यी दुबै समयका विचार र व्यवहार लिएर हिँडेको छ भन्ने बोध गराउन खोजिएको छ । जीवनलाई समर्थन गर्ने नियतिवादी एवम् कर्मवादी दर्शन यस उपन्यासको विषय र प्रस्तुतिले चरितार्थ गरेको छ भन्ने निष्कर्ष यसमा स्थापित गरिएको छ ।

Downloads

Download data is not yet available.
Abstract
63
PDF
33

Downloads

Published

2022-05-26

How to Cite

चालिसे Chalise न. N. (2022). गीतादर्शनको दृष्टिमा ‘सुकरातको डायरी’ उपन्यास {The novel ’Socrates Diary’ from the point of view of Gitadarshan}. Kanya Journal, 3(1), 101–110. https://doi.org/10.3126/kanyaj.v3i1.45401

Issue

Section

Articles