अछाम जिल्लामा सामाजिक तथा सांस्कृतिक विभेदका क्षेत्र र कारण

Authors

  • शंकर प्रसाद Shankar Prasad भण्डारी Bhandari नेपाल संस्कृत विश्वविद्यालय

DOI:

https://doi.org/10.3126/jori.v10i1.66114

Keywords:

विभेदीकरण, वहिष्करण, वञ्चितीकरण, सामाजिक तथा सांस्कृतिक विभेदका क्षेत्र र कारण

Abstract

प्रस्तुत लेखमा सामाजिक तथा सांस्कृतिक मूल्य मान्यताले समाजमा सिर्जना गरेको विभेदसँग जोडिएका विविध पक्षको विश्लेषण गरिएको छ । नेपालका प्रत्येक क्षेत्रीय तथा जातीय समुदायभित्र कुनै न कुनै प्रकारको विभेद पाइन्छ । आछाम जिल्ला पनि यसबाट अछुत छैन । अछाम सामाजिक सांस्कृतिक रूपमा महत्वपूर्ण क्षेत्र हो । यस क्षेत्रमा प्राचीन समयदेखि नै विशेषतः हिन्दू धर्म तथा दर्शनद्वारा निर्देशित विशेषतायुक्त समाज र संस्कृति पाइन्थ्यो । यो सांस्कृतिक परम्परा पछिल्लाकाल हुँदै आजसम्म पनि अस्तित्वमा छ । त्यसबेला स्थापना भएका कतिपय मूल्य–मान्यता, रीति–थिति, चाल–चलन, बानी–व्यवहार हिजोआज पनि अभ्यासमा छन् । सामाजिक एवम् सांस्कृतिक मूल्य, मान्यताका कारण सिर्जना भएका धेरै विभेदका घट्ना र उदाहरणहरू यस जिल्लामा पाइन्छन् । सामाजिक वञ्चितीकरण, बहिष्करण र विभेदीकरणले गर्दा अछाम जिल्लाको सामाजिक संरचनामा विभिन्न प्रकारको असर परेको छ । अतः सामाजिक विभेदका कारण के के हुन् ? क्षेत्र के के हो ? विभेदले के कस्तो परिणाम ल्याएको छ ? भन्ने विविध पक्षको विश्लेषण गर्ने उद्देश्यले अछाम जिल्लामा पाइने सामाजिक तथा सांस्कृतिक विभेदका क्षेत्र र कारण शीर्षकको यो लेख तयार पारिएको हो । प्रस्तुत लेखमा विश्लेषणात्मक तथा विवरणात्मक ढाँचाको प्रयोग भएको छ । यो शोधलेख गुणात्मक अध्ययन हो । यस लेखमा मूलतः प्राथमिक तथ्याङ्क एवम् द्वितीयक सूचनाहरू आवश्यकताअनुसार प्रयोग गरिएको छ । प्राथमिक तथ्याङ्क स्थलगत अध्ययनगरी अन्तर्वार्ता विधि र द्वितीयक सूचनाहरू पूर्वकार्य समीक्षाबाट सङ्कलन गरिएका हुन् ।

Downloads

Download data is not yet available.
Abstract
30
PDF
74

Author Biography

शंकर प्रसाद Shankar Prasad भण्डारी Bhandari, नेपाल संस्कृत विश्वविद्यालय

विद्यावारिधी, शोद्यार्थी

Downloads

Published

2023-01-31

How to Cite

भण्डारी Bhandari श. प. S. P. (2023). अछाम जिल्लामा सामाजिक तथा सांस्कृतिक विभेदका क्षेत्र र कारण. A Bi-Annual South Asian Journal of Research &Amp; Innovation, 10(1), 110–118. https://doi.org/10.3126/jori.v10i1.66114

Issue

Section

Articles