प्रकृति, संस्कृति र पर्यटनको अन्तरसम्बन्धः पर्या–नृवंशशास्त्रीय दृष्टिकोण
DOI:
https://doi.org/10.3126/jorh.v2i1.87089Keywords:
नृ–पर्यावरण, संस्कृति, जलवायु परिवर्तन, जातिवाद, पर्यटनAbstract
प्राकृतिक–ब्रह्माण्डीय अन्तरक्रियात्मक प्रणाली समस्त चरअचर जगतलाई सक्रिय, चलायमान, उत्प्रेरित र उद्धेलित गर्ने केन्द्रिय तत्व हो । प्रकृति उपर निर्भर रहने संस्कृति र समस्त मानव व्यवहारको समीकरण (नेक्सस) बाट नृ–पर्यावरणीय प्रणाली निर्माण हुन्छ । मानव प्रकृतिप्रदत्त भौगोलिक वातावरण, वैज्ञानिक, ऐतिहासिक, सांस्कृतिक, धार्मिक, नैतिक, आर्थिक, प्राविधिक जस्ता सापेक्षित रुपमा विविधताका बिच जन्मन्छ, हुर्कन्छ, बस्दछ र जीवन समाप्त गर्दछ । बाँच्नका निमित्त मानवद्धारा निर्मित भौतिक र अभौतिक वस्तुको एकीकृत (सांस्कृतिक) विश्व पर्यावरणीय–प्राकृतिक प्रणालीको गर्भबाट पैदा हुनेभएकोले मानवका समस्त व्यवहार पनि यहि प्रणालीबाट निर्दिष्ट हुन्छ । पर्यटन प्रकृति, संस्कृति र मानव व्यवहारबाट पृथक अवयव होइन । उपरोक्त तत्वहरुको जटिल सम्बन्ध माथि आश्रित रहने निर्भर चलराशीको रुपमा पर्यटन प्रणालीको समग्र अवस्था सो समीकरण बमोजिम चलायमान हुन्छ । यसबारेको अवलोकन, दर्शन, ज्ञान, विचार, सोंच, सुझबुझ, बोध, निर्णय, योजना र व्यवहार अनमेल भयो भने त्यसबाट उत्सर्जित परिणामले प्रणालीमा असन्तुलन र गडबडाहट पैदा गर्छ । ठोस अनुभव्य तथ्य सूचना वेगरको अवधारणाबाट खोक्रो सामान्यीकरण हुन्छ । यो दस्तावेजमा मुलतः प्रकृति, मानव, संस्कृति र व्यवहार जस्ता बहुआयामिक पक्षहरु बिचको कार्यकारण अन्तरसम्बन्ध र यसबाट पर्यटनको अवस्था माथि पर्ने प्रभावका साथै स्थानिक पर्यटन परिवेशमा उपरोक्त अवयवहरुको एकीकृत कार्यभूमिका र मोटामोटी अवस्थालाई पर्या–नृवंशशास्त्रीय दृष्टिकोणबाट चर्चा गरिएको छ ।
Downloads
Downloads
Published
How to Cite
Issue
Section
License

This work is licensed under a Creative Commons Attribution-NonCommercial 4.0 International License.
This license enables reusers to distribute, remix, adapt, and build upon the material in any medium or format for noncommercial purposes only, and only so long as attribution is given to the creator.