ओदार्जिलिङ ! सीमा वरिपरिका परिवेश र मन्थन

Authors

DOI:

https://doi.org/10.3126/jorh.v2i1.87049

Abstract

महेन्द्र. पी. लामाद्वारा लिखित ‘ओदार्जिलिङ ! सीमा वरिपारिका परिवेश र मन्थन’ २०७८ (२०२१ सन्)मा किताब पब्लिसर्स प्रा.लि. काठमाडौंबाट छापिएको पुस्तकमा भारतीय नेपालीहरूको भाषा, पहिचान, इतिहास र वर्तमानको आन्दोलनका अनेक आरोह–अवरोहका बारेमा विशिष्ट आयामहरू उल्लेख गरिएको छ । दार्जिलिङको चियाकमान भित्रको पिडालाई निक्कै गहकिलो तवरले उल्लेख गरिएको पुस्तक आफैमा पठन योग्य छ । जम्मा छ भाग र ४९ पाठमा प्रस्तुत गरिएको यो पुस्तक भारतीय इतिहासका कान्छा कुलपतिद्वारा लेखिएको हो । लेखकले सिक्किममा केन्द्रीय विश्वविद्यालय स्थापना गरी सञ्चालनमा ल्याएका छन् । उनी स्वयं भारतको प्रसिद्ध जवाहरलाल नेहरू विश्वविद्यालयका प्राध्यापक समेत हुन् । ‘परिवारकै दोस्रो शिक्षित पुस्ताका प्रतिनिधि भएकाले, उनले यस पुस्तकमा व्यक्तिभन्दा सामाजिक विषयवस्तु बढी केन्द्रित गरेर पाठकमाझ प्रस्तुत गरेका छन्’ । नेपाल र भारतमा रहेका नेपाली भाषी, नेपालीको गौरव बोकेको इतिहास र आधुनिक भारतमा नेपालीहरूको योगदानलाई आफ्नो पढाइ–लेखाइको मुद्दा बनाउने लामाले आफू शिक्षक हुनुको खुसीलाई ज्ञान बाड्नु सिक्ने सिकाउने कुरालाई, खहरे खोला हुँदै समुन्द्रमा मिसिनु जस्तै निक्कै आनन्दित तवरले व्याख्या गरेको देखिन्छ ।

Downloads

Download data is not yet available.
Abstract
9
PDF (नेपाली)
2

Published

2025-12-02

How to Cite

Gautam, S. (2025). ओदार्जिलिङ ! सीमा वरिपरिका परिवेश र मन्थन. Rigvedic Himalaya, 2(1), 87–93. https://doi.org/10.3126/jorh.v2i1.87049

Issue

Section

Book Review