माध्यमिक तहका विद्यार्थीहरुको शुभकामना पत्र लेखन क्षमता

Authors

  • Om Praksh Acharya Tribhuvan University

DOI:

https://doi.org/10.3126/jore.v1i1.78742

Keywords:

सैद्धान्तिक, प्रयोगपरक, सिकाइ, व्यावहारिक शिक्षण सिकाइ

Abstract

मानव जीवनका दैनिक व्यवहार संचालनका लागि आवश्यक लिखित अभिव्यक्ति व्यावहारिक लेखनसँगसम्बन्धित हुन्छ । दैनिक जीवनसँग प्रत्यक्ष सरोकार राख्ने विषयहरु व्यावहारिक हुन् । व्यावहारिक लेखनअन्तर्गत चिठीः व्यक्तिगत, कार्यालयीय, व्यावसायिक, निवेदन, सूचना, विज्ञापन, रसिद, भर्पाइ, मन्जुरीनामा, निर्णयपुस्तिका लेखन, व्यक्तिगत विवरण पर्दछन्। नेपालको शैक्षिक संरचना अनुरुप माध्यमिक तह विद्यालय तह हो । कक्षा ९ देखि कक्षा १२ सम्मको कक्षागत तहलाई माध्यमिक तह भनिन्छ । कक्षा १० उत्तीर्ण भएपछि एस.इ.इ. ( सेकेन्डरी एजुकेसन इग्जामाइनेसन ) को परीक्षा हुने गर्दछ । यस परीक्षामा उत्तीर्ण भएपछि कक्षा ११ मा अध्ययन गर्न पाइन्छ । यस अध्ययनमा कक्षा १० लाई केन्द्रविन्दुमा राख्दै एस.इ.इ.को परीक्षा दिन तयारी अवस्थामा रहेका विद्यार्थीहरुको व्यावहारिक लेखन अन्तर्गत शुभकामना पत्र लेखन क्षमता के कस्तो छ ? उनीहरुमा देखापरेका शुभकामना पत्र लेखनका मूलभूत समस्याहरु के के छन् ? समस्या समाधान के कसरी गर्न सकिन्छ ? भन्ने जिज्ञासा एवम्अनुसन्धेय प्रश्नमा आधारित भई माध्यमिकतहका विद्यार्थीहरुको शुभकामना पत्र लेखन क्षमताको पहिचान गर्नु, शुभकामना पत्र लेखनमा आइपरेका समस्याहरु उल्लेख गर्नु, समस्या समाधानका उपाय सुझाउनु र शुभकामना पत्र लेखनको क्षमता अभिवृद्धि गर्नु जस्ता उद्देश्यमा यो अध्ययन केन्द्रित रहेको छ । क्षेत्रगत भ्रमण अध्ययन विधि अवलम्बन गरिएको यस अनुसन्धानमा उद्देश्यपरक ढङ्गबाट नमुना छनोट गरी परीक्षण गरिएको छ । जुम्ला जिल्लाको चन्दननाथन गरपालिकाका ४ वटा सामुदायिक माध्यमिक विद्यालयका ३० जना विद्यार्थीका दरले जम्मा १२० जना विद्यार्थीहरु नमुनाका रुपमा रहनेछन् । १२० जना विद्यार्थीहरुमा शुभकामना पत्र लेखन क्षमताको प्रश्नावलीका सहायताबाट परीक्षण गरी शुभकामना पत्र लेखन प्रत्येक विद्यार्थीको विश्लेषण गरी क्षमतालाई प्रतिशतमा राखिएकोछ ।

Downloads

Download data is not yet available.
Abstract
259
PDF
85

Author Biography

Om Praksh Acharya, Tribhuvan University

Assistant Lecturer

Downloads

Published

2025-05-14

How to Cite

Acharya, O. P. (2025). माध्यमिक तहका विद्यार्थीहरुको शुभकामना पत्र लेखन क्षमता. Journal of Research in Education, 1(1), 161–178. https://doi.org/10.3126/jore.v1i1.78742

Issue

Section

Articles