भोजपुरी मातृभाषी विद्यार्थीहरूको नेपाली भाषा सिकाइमा प्रभाव
DOI:
https://doi.org/10.3126/jore.v1i1.78741Keywords:
उच्चारण, बलाघात, भाषा, भोजपुरी लेखनAbstract
प्रस्तुत लेख भोजपुरी मातृभाषी विद्यार्थीहरूले नेपाली भाषा सिकाइमा प्रभावको अध्ययनमा केन्द्रित छ ।यो लेख नेपाली भाषा सिकाइमा भोजपुरी भाषाको उच्चारण र वर्ण विन्यासको प्रभावको उद्देश्यमा केन्द्रित छ। यो लेख गुणात्मक अनुसन्धान परिघटानामूलक (Phenomenology) ढाँचामा आधारित छ । उद्देश्यमूलक विधिको प्रयोग गरी नमुना छनोट गरिएको छ । सहभागीहरूसँग उच्चारण र वर्णविन्यासगत तथ्य सङ्कलन गरिएको छ । सङ्कलित तथ्यलाई लिप्यान्तरण गरेर जस्ता दुई साझा थिमको निर्माण गरी विद्यार्थीरूको नेपाली भाषाको सिकाइमा भोजपुरीको प्रभावको विश्लेषण गरिएको छ । विद्यार्थीसँग भाषा सिकाइको प्रभाव अध्ययन गर्दा अजन्त/हलन्त, अल्पप्राण/महाप्राण, सघोष/अघोष, ‘य्’ को प्रयोग, शब्दमध्य र शब्दान्तमा ‘ह्’, पञ्चम् वर्ण ‘ण्’, ऋकार र रकारको प्रयोग भएका शब्दहरूको उच्चारणमा ध्यान दिइएको छ। विद्यार्थीको उच्चारण हेर्दा विद्यार्थीहरूले महाप्राणलाई अल्पप्राण, सघोषलाइ अघोष, ‘ण्’ पञ्चम वर्णको ‘न्’ उच्चारण, शब्दमध्य र शब्दान्तमा ‘ह’ को लोप, ऋकार र रकारको रेफगत उच्चारण, ‘र्’ र ‘ल्’ को ध्वनि विपर्यासगत उच्चारण गरेको देखिन्छ भने उच्चारणगत प्रभाव वर्णविन्यास (लेखाइ) मा पनि देखिएको साथैमातृभाषाका शब्दका आधारमा विश्लेषण गरिएको छ । भोजपुरी मातृभाषी विद्यार्थीहरूको उच्चारण र वर्णविन्यासमा देखिएका विशिष्टताहरूले नेपाली भाषा सिकाइमा भोजपुरी भाषाको प्रभाव रहेको निष्कर्ष निकालिएको छ। यस लेखबाट अध्येता तथा समग्र भाषाशिक्षणमा सहयोग पुग्ने अपेक्षा गरिएको छ ।
Downloads
Downloads
Published
How to Cite
Issue
Section
License

This work is licensed under a Creative Commons Attribution-NonCommercial 4.0 International License.
This license enables reusers to distribute, remix, adapt, and build upon the material in any medium or format for noncommercial purposes only, and only so long as attribution is given to the creator.