द्रौपदी अवशेष उपन्यासमा उपरीसंरचना

Authors

  • दीपकप्रसाद Deepak Prasad ढकाल Dhakal नेपाली केन्द्रीय विभाग कीर्तिपुर

DOI:

https://doi.org/10.3126/jobs.v2i1.62240

Keywords:

वाहकाण, उत्परिवर्तन, उत्पादनश्रमसम्बन्ध, उद्विकास, मिथक

Abstract

प्रस्तुत लेख द्रौपदी अवशेष उपन्यासमा चित्रित समाज र त्यसको बाह्य तलीय संरचनामा केन्द्रित छ । यस लेखको शोध क्षेत्र र समस्या सोद्देश्य रूपले चयन गरिएको हो । उपन्यासले सन्दर्भित गरेको दिक्काल स्वतस्फुर्त, स्वाभाविक र प्राकृतिक स्थिति होइन । सन्दर्भित दिक्कालका पछाडि रहेका कारक घटकको बाह्य प्रतिफलन उपरीसंरचना हो । साहित्यको समाजशास्त्रले यसको घटकीय सम्बन्ध तथा परिणाम अध्ययन गर्छ । यस लेखमा अनुसन्धानको रिक्ततालाई प्राज्ञिक रूपले सम्बोधन गर्न पुस्तकालय कार्यबाट प्राप्त सामग्री प्रयोग गरिएको छ । त्यसैले प्राथमिक (दौपदी अवशेष) तथा द्वितीयक (दौपदी अवशेष उपन्यासका बारेमा भएका अध्ययन र साहित्यको समाजशास्त्रसँग सम्बद्ध सैद्धान्तिक) सामग्रीको स्रोत पुस्तकालय हो । विश्लेषणका निम्ति आरम्भमा निगमनात्मक प्रक्रिया अपनाइएको छ भने मण्डन तथा सत्यापनका क्रममा आगमनात्मक विधि प्रयोग गरिएको छ । विश्लेषणका सैद्धान्तिक प्रारूपबाट अवधारणा निर्माण तथा त्यसबाट प्राप्त पृष्ठपोषणका आधारमा कृतिका साक्ष्यको तर्कसङ्गत विश्लेषण गरी प्रस्तुत लेखको अध्ययन प्रक्रिया सम्पन्न गरिएको छ । द्रौपदी अवशेष उपन्यास नेपालको पश्चिमोत्तर हिमाली जिल्ला हुम्लाको समाज चित्रणमा केन्द्रित छ । यस उपन्यासमा कुनै पनि समुदाय र समाज त्यहाँको प्राकृतिक चयनप्रक्रियाको परिणाम हो, प्रकृतिले प्रदान गरेका जैविक आधार तथा ती आधारसँग अनुकूलीकृत हुने क्रमको स्थिति हो भन्ने विचारलाई सत्यापन गरिएको छ । यसै मान्यतामा हिमाली जीवनप्रक्रिया सञ्चालित भएको सन्दर्भलाई आख्यानीकरण गरिएको निष्कर्ष छ । जीवननिर्वाहको गति उत्पादनश्रमसम्बन्ध तथा त्यसले प्रदान गरेका प्रतिफलनमा आधारित हुन्छ । त्यसैगरी समाज निश्चित साझा परम्परागत विश्वास, प्रचलन तथा अन्धविश्वासलाई ग्रहण गर्ने परिपाटीबाट गुज्रिएको हुन्छ । यसै आधारमा एकै महिलालाई दुई वा सोभन्दा बढी पुरुषले पत्नीका रूपमा स्वीकार्ने चलन बस्नु पनि महाभारतकालीन द्रौपदी विवाहको मिथकीय स्वीकरण हो भन्ने निष्कर्ष प्राप्त भएको छ ।

Downloads

Download data is not yet available.
Abstract
16
PDF
18

Author Biography

दीपकप्रसाद Deepak Prasad ढकाल Dhakal, नेपाली केन्द्रीय विभाग कीर्तिपुर

उपप्राध्यापक

Downloads

Published

2023-12-31

How to Cite

ढकाल Dhakal द. D. P. (2023). द्रौपदी अवशेष उपन्यासमा उपरीसंरचना. Journal of Bhuwanishankar, 2(1), 82–93. https://doi.org/10.3126/jobs.v2i1.62240

Issue

Section

Articles