‘ऊहापोह’ कथासङ्ग्रहका कथामा साइबरचेतना {Cyber ​​consciousness in the story of 'Oohapoh' story collection}

Authors

  • दीपकप्रसाद Deepakprasad गौतम Gautam भुवानीशंकर बहुमुखी कलेज, खैरहनी, चितवन Bhuwanishankar Multiple College, Chitwan

DOI:

https://doi.org/10.3126/jobs.v1i1.49903

Keywords:

स्वप्नसंवेदना, साइबोर्ग, विश्वग्राम, रोबर्ट,, उपकरण, प्रयोगशाला

Abstract

प्रस्तुत शोधलेख कथाकार लक्ष्मणप्रसाद गौतमको ‘ऊहापोह’ कथासङ्ग्रहका कथामा अभिव्यञ्जित साइबर चेतनामूलक विषयमा आधारित रहेको छ । यस आलेखमा साइबर सिद्धान्तलाई विश्लेषणको मूल आधार बनाइएको छ । उक्त्त कथासङ्ग्रहका कथामा साइबरचेतना के कस्तो रूपमा आएको छ र साइबर चेतनाको प्रयोग कसरी भएको छ भन्ने कुरालाई साइबर समालोचनालाई ज्ञानमीमांसाका रूपमा मानी कथामा अभिव्यञ्जित साइबरचेतनालाई तत्त्वमीमांसार त्यसका सम्प्राप्तिलाई मूल्यमीमांसाका रूपमा आधार बनाई तथ्य र सूचकहरूबाट पुष्टि गरिएको छ । यस क्रममा ऊहापोह कथासङ्ग्रहका कथामा साइबरचेतना प्रेमको अभिव्यक्तिका रूपमा, आत्मिक असन्तुष्टिका रूपमा र प्रविधिपरक विषयका रूपमा आएको कुरालाई प्रस्तुत गरी तिनलाई साक्ष्यहरूबाट पुष्टि गरिएको छ । अध्ययनका क्रममा पुस्तकालयीय कार्यबाट साबर समालोचनाको सैद्धान्तिक पक्षमा लेखिएका पुस्तक, शोधलेख आदि आवश्यक सामग्री सङ्कलन गरी निगमनात्मक, वर्णनात्मक, व्याख्यात्मक र विश्लेषणात्मक विधिको आवश्यकताअनुरूप उपयोगगरी विश्लेषण गरिएको छ । कथामा अभिव्यञ्जित साइबरचेतनाले आजको इन्टरनेट संस्कृति र कम्प्युटर प्रविधिकासाथै विज्ञानप्रविधिको व्याप्तिलाई पनि देखाएको छ । कथामा विज्ञानप्रविधि र साइबरचेतना अन्तर्विषय भएर आएको कुरा पनि देखाइएको छ । यसरी समग्र विश्लेषणबाट साइबरचेतनाका दृष्टिले यस सङ्ग्रहका कथा उल्लेखनीय भएको निष्कर्ष निकालिएको छ ।

Downloads

Download data is not yet available.
Abstract
33
PDF
22

Author Biography

दीपकप्रसाद Deepakprasad गौतम Gautam, भुवानीशंकर बहुमुखी कलेज, खैरहनी, चितवन Bhuwanishankar Multiple College, Chitwan

 उपप्राध्यापक  Assistant Professor

Downloads

Published

2022-12-12

How to Cite

गौतम Gautam द. D. (2022). ‘ऊहापोह’ कथासङ्ग्रहका कथामा साइबरचेतना {Cyber ​​consciousness in the story of ’Oohapoh’ story collection}. Journal of Bhuwanishankar, 1(1), 117–127. https://doi.org/10.3126/jobs.v1i1.49903

Issue

Section

Articles