तनहूँको मगर समुदायमा प्रचलित घाँटु नाच एक साँस्कृतिक अध्ययन

Authors

  • Til Bahadur Thapa

Abstract

घाँटु ऐतिहासिक महत्व बोकेको गीति नाटक हो । लोकगाथा बोकेको गीतिनाटक घाँटुनाच नेपालभरी नै लोप हुँदै गैरहेको र तनहुँ जिल्लाको २ वटा मगर गाउँहरुमा मञ्चन गरिदै आएको पाइन्छ । यहाँ नचाइने ̔राच्य̔ घाँटु हो जुन निश्चित विधिविधानका साथ तोकिएको तिथिमितिमा मात्र सम्पन्न गरिन्छ । यसको कथावस्तु राजाहरु रिठुवर्तन, कैलाश, नरसिङ वा नरेश्वर र रानीहरु, सत्यवती, विद्यावती र यम्बावती तथा अन्य सामाजिक परिवेश वरीपरि घुमेको छ । घाँटुले घरायसी, कुषिको व्यवसायिक, मानवीय संस्कार आदि व्यवहारिक शिक्षा प्रदान गर्नुका साथै राज्य, राजनेताहरु तथा तीनको सोख, दाउपेच तथा षड्यन्त्र आदि सामाजिक राजनीतिक विषय वस्तुमाथि पनि चर्चा गरेको छ । जसमा ऐतिहासिक गाथा र पहिचान पनि लुकेको छ । यस घाटुँ नाचको मुख्य उद्देश्य नै विगतमा तनहूँ जिल्लाको प्रायः सबै ठाउँमा प्रचलनमा रहेको घाटुँ नृत्य अहिले लोपोन्मुख अवस्थामा छ किन र कसरी यसको लाोप हुदैँछ गयो भन्ने जानकारी राख्नुका साथै घाटु नृत्यको संरक्षणमा टेवा पुगोस भन्ने नै हो । भविपिढीले पनि घाटुँ नाचको जानकारी होस् र घाटुनाच अतिनै महत्वपूर्ण सास्कृतिक नृत्य हो भन्ने जानकारी दिनु पनि रहेको छ । यस अध्ययनमा अवलोकन विधि, प्रश्नोत्तर विधि, मुख्य जानकार व्यक्तिहरुसंङ्गको अन्तर्वार्ता विधिको प्रयोग गरिएको छ ।
नेपालको अर्मूत सांस्कृतिक सम्पदा भित्रको एउटा अति महत्वपूर्ण अंश घाटुनाट्य हो । ऐतिहासिक मगरात भनिने गण्डकी क्षेत्रको सभ्यता विकासको प्रारम्भिक चरणमा झाक्रीबाद र आत्मिकवादमा आधारित आदि धर्म पितृपूजा परम्पराबाट घाटुनाट्यको उठान भएको मानिन्छ । मगर जातिको घोट संस्कार (मृत्यु सस्कार) संँग अन्तरसम्बन्धित गीतिनाट्य भएकाले घाटु भनिएको तथा आफ्ना क्षेत्रका महान व्यक्तित्व गौतम बुद्धको महापरिनिर्वाण पश्चात स्थानीय मगरहरुले उनको पनि आत्मा छुट्याउने वा पितृतार्ने रीत सम्पन्न गराई घाटुको सार्वजनिक प्रदर्शनी वैशाख पूर्णिमा तिथि पारेर गर्न थालेको बुझिन्छ । समय क्रमसँगै घाटुनाट्य परम्पराको लोकप्रियता एवं विस्तारसंगै एकातर्फ स्थानीय मुखिया र भुरेटाकुरे राजारानीका जीवन गाथाहरु गुथिन पुगे भने अर्को तर्फ अन्तरसांस्कृतिक आदानप्रदान तथा अन्तरघुलनको प्रभाव स्वरुप रामायण र महाभारतका पात्रहरु राम, लक्ष्मण र कुष्णका प्रसंगहरु पनि झुल्किन पुगे । यसका साथै समसामयिक प्रथा वा प्रचलनका बिम्वहरु सती, लाहुरे परम्परा आदि पनि घाटुमा भित्रियका छन् । हाल यो घाँटुनाच विरलै देख्न पाइन्छ । पश्चिमी संस्कृतिको प्रभावका कारण यो संस्कृति लोपोन्मुख अवस्थामा पुगेको देखिन्छ । नयाँ पुस्ताको व्यवस्ताका कारण घाटुनाच अहिले मगर समाजमा सीमित स्थानमा सीमित व्यक्तिहरुको पहलमा मात्र बाँचिरहेको अवस्था छ । युवापुस्ताको बैदेशिक रोजगारी प्रतिको बढ्दो मोह, गाउँबाट तराई एवं शहरी क्षेत्रतर्फको तीब्र बसाईसराई तथा संचार र यातायातका विकासका साथै आधुनिक प्रविधिको सहज पहुँचका कारण घाटुनाचको परम्परालाई संरक्षण गर्न ठूलो चुनौती थपिएको छ । जबसम्म युवापुस्ताले मौलीक परम्पराको महत्व बुझेर अग्रसरता देखाउदैनन् तवसम्म घाँटु लगायत परम्परागत संस्कृतिको संरक्षणमा ठोस उपलब्धी प्राप्त गर्न सकिदैन् । यस घाटुँ नाचको अध्ययनले घाटुँनाचमा चासो राख्नु हुने पाठकहरुलाई छोटो समयमा घाटुँ नाचको बारेमा जानकारी लिन सहज हुनेछ र भाविपिढिले पनि यसको बारेमा अध्ययन गर्न सक्ने एउट डकुमेन्टको रुपमा पनि लिन सक्ने अर्थात सन्दर्भ सामग्रीको रुपमा रहने छ भन्ने विश्वास लिएको छु । नेपालमा रहेका विविध जातजातिहरुको विभिन्न साँस्कृतिहरु आज लोपोन्मुख अवस्थामा रहेको छ । विविध जातजातिहरुको साँस्कृतिकहरु देशको सम्पतिहरु अर्थात देशका गहना हुन् । त्यसैले त्यस्ता संस्कृतिहरुको संरक्षण र सम्वद्र्धन गर्नु हामी सबैको कर्तव्य हो । यदी यस्ता संस्कृतिहरु लोभ भए भने हाम्रो पहिचान र अस्तित्व नै हराउँ छ । आज विश्वका मानिसहरु नेपालको संस्कृतिसङ्ग रमाउन बर्सेनी हजारौ पर्यटकहरु आउने गर्दछ । आज नेपाललाई संस्कृतिको धनी देश भनेर पनि चिनिन्छ । कुनै पनि देशलाई चिनाउने यस्ता सँस्कृतिहरुको सरक्षण र सम्वद्र्धन हुन आवश्यक छ । राज्यको नितिनिर्माताहरुलाई यसले झकझक्याउनुका साथै केही सहयोग होस् भन्ने आशा लिएको छ ।

Abstract
47
PDF (Nepali)
0

Downloads

Published

2025-11-11

How to Cite

तनहूँको मगर समुदायमा प्रचलित घाँटु नाच एक साँस्कृतिक अध्ययन. (2025). The Journal of Aadikavi, 13(1), 75-88. https://doi.org/10.3126/joaa.v13i1.86265

Issue

Section

Articles

How to Cite

तनहूँको मगर समुदायमा प्रचलित घाँटु नाच एक साँस्कृतिक अध्ययन. (2025). The Journal of Aadikavi, 13(1), 75-88. https://doi.org/10.3126/joaa.v13i1.86265