मगर मातृभाषी विद्यार्थीहरूले नेपाली वाक्य गठनमा प्रयोग गर्ने सङ्गतिको विश्लेषण

Authors

  • विष्णु Bishnu घिमिरे Ghimire आदिकवि भानुभक्त क्याम्पस, दमौली तनहुँ

DOI:

https://doi.org/10.3126/joaa.v12i1.65846

Keywords:

त्रुटि, सङ्गति, शिक्षण, विधेय, मातृभाषा

Abstract

‘मगर मातृभाषी विद्यार्थीहरूले नेपाली वाक्य गठनमा प्रयोग गर्ने सङ्गतिको विश्लेषण’ शीर्षकको प्रस्तुत अध्ययनको विषयक्षेत्र पदसङ्गति हो । वाक्यभित्रका पदहरू लिङ्ग, वचन, पुरुष र आदरका आधारमा मेल हुनुलाई सङ्गति भन्ने गरिन्छ । यस अध्ययनमा पदसङ्गति विश्लेषण गरिएको छ । कक्षा दशमा अध्ययनरत मगर मातृभाषी विद्यार्थीहरूले नेपाली वाक्य रचना गर्दा कस्तो सङ्गति प्रयोग गर्छन् ?, कुन कुन सङ्गतिमा बढी समस्या छ ? र उक्त समस्या समाधानका लागि कसरी शिक्षण गर्न सकिन्छ ? भन्ने समस्यामा अध्ययन केन्द्रित रहेका छ । उपर्युक्त समस्याहरूको विश्लेषण गर्नु अध्ययनको उद्देश्य हो । नमुनाका रूपमा चयन भएका तनहुँ जिल्लाका पाँच वटा विद्यालयका बिसजना विद्यार्थीलाई निबन्ध लेखन गराइ तथ्याङ्क सङ्कलन गरिएको छ । अध्ययनमा गुणात्मक ढाँचाको अवलम्बन गरिएको छ । क्षेत्रीय अध्ययन पद्धतिको प्रयोग भएको छ । प्राथमिक र द्वितीयक दुबै स्रोतका सामग्रीको उपयोग गरिएको छ । प्राथमिक स्रोतका सामग्री पहिलो र द्वितीयक स्रोतका सामग्री दोस्रो उद्देश्यसँग बढी निकट छ । शाब्दिक व्याख्या विश्लेषणबाट निष्कर्षमा पुगिएको छ, साङ्ख्यिक मानको प्रयोग भएको छैन । मगर मातृभाषी विद्यार्थीले नेपालीमा वाक्य रचना गर्दा सबैभन्दा बढी आदर सङ्गतिको प्रयोगमा र त्यसपछि वचन सङ्गतिको प्रयोगमा फरक अर्थात् त्रुटियुक्त प्रयोग गरेका छन् । लिङ्ग, पुरुष, विशेष्य र विशेषण, नाम र सर्वनाम सङ्गतिमा धेरै समस्या देखिएको छैन । मगर मातृभाषी विद्यार्थीलाई नेपाली सङ्गति शिक्षण गर्दा आदर र वचन सङ्गतिमा धेरै अभ्यास गराउनुपर्ने देखिन्छ ।

Downloads

Download data is not yet available.
Abstract
43
PDF
68

Author Biography

विष्णु Bishnu घिमिरे Ghimire, आदिकवि भानुभक्त क्याम्पस, दमौली तनहुँ

सहायक प्राध्यापक

Downloads

Published

2024-05-14

How to Cite

घिमिरे Ghimire व. B. (2024). मगर मातृभाषी विद्यार्थीहरूले नेपाली वाक्य गठनमा प्रयोग गर्ने सङ्गतिको विश्लेषण. The Journal of Aadikavi, 12(1), 105–116. https://doi.org/10.3126/joaa.v12i1.65846

Issue

Section

Articles