नेपाली व्याकरण शिक्षण: समस्या र समाधान
DOI:
https://doi.org/10.3126/joaa.v12i1.65845Keywords:
कार्यमूलक व्याकरण, वर्णानात्मक समग्रता, व्याकरणात्मक कोटि, शैक्षणिक व्याकरण, सैद्घान्तिक तथा व्यावहारिक पक्षAbstract
व्याकरण भाषाको आत्मा एवम् भाषिक अनुशासन सिकाउने शास्त्र हो । शरीरमा नसाको महत्व भएझैं भाषाका लागि व्याकरणको महत्व हुन्छ । व्याकरणिक सुझ र व्यवहार तथा विशुद्ध प्रयोग अभ्यासहरूबाट व्याकरण सम्मत शुद्ध भाषाको प्रयोग गर्न सकिन्छ । भाषा शिक्षणमा व्याकरणलाई पनि एक विशिष्ट भाषिक विषयवस्तुका रूपमा ग्रहण गरेर शिक्षण गर्ने प्रचलन रहेको छ । यसको शिक्षणबाट सम्पूर्ण विद्यार्थीहरूमा हुने भाषा प्रयोगको त्रुटि वा अशुद्धिलाई निर्मूल पार्न सकिन्छ । भाषाबिना व्याकरणको कल्पना गर्न नसकिने भएकाले व्याकरणलाई भाषाबाट पृथक गरी जटिल तरिकाले शिक्षण गर्न खोज्दा भाषा शिक्षणमा कृत्रिमता आई अवैज्ञानिक र अव्यावहारिक तरिका अवलम्बन गरेको प्रष्ट हुन्छ । व्याकरण भनेको सम्बन्धित भाषाका मूल वक्ताहरूको भाषा प्रयोगमा पाइने संरचनागत विशेषता हो । यो भाषाको आन्तरिक संरचना सम्बन्धी तत्त्व हो । नेपाली भाषाको उच्चस्तरीय क्षमता वृद्घि गराउन विद्यालयदेखि महाविद्यालयसम्म नेपाली व्याकरणको शिक्षण गर्ने गराउने प्रचलन रहेको छ । नेपाली व्याकरण नेपाली भाषाका आन्तरिक नियम व्यवस्थासँगै आबद्घ व्याकरण मानिन्छ । नेपाली व्याकरणले नेपाली भाषालाई बुझ्न र व्याख्या गर्न सहयोग पु¥याउँदछ । त्यतिमात्रै नभई नेपाली भाषाको स्तरयुक्त, मानक, शिष्ट, शुद्घ र सान्दर्भिक प्रयोग संरचनाहरूका सुझ र सिप सिकाई भाषिक एकरुपता, स्थिरता र सम्प्रेष्यता हासिल गराउन मार्गनिर्देश गर्दछ । यसले विद्यालय तह देखि महाविद्यालय तहसम्म नेपाली व्याकरण शिक्षण गर्ने शिक्षकहरुलाई शिक्षण गर्दा आइपरेका समस्याहरुको समाधानका लागि यसले ठूलो सहयोग पु¥याउँदछ । यसले अझ व्याकरण अध्ययन गर्ने अध्येता, अनुसन्धानदाता सबैलाई मद्दत गर्दछ । यस लेखमा नेपाली व्याकरण शिक्षणका क्रममा आइपरेका समस्याहरू पत्ता लगाई तिनीहरूको समाधानका लागि अपनाउनुपर्ने उपायहरू प्रस्तुत गर्ने उद्देश्य राखिएको छ । व्याकरण शिक्षणका प्रकृयाहरूलाई आधार मानेर द्वितीय स्रोतका सामग्रीहरूको उपयोग गरी व्याकरण शिक्षणका समस्याहरूको पहिचान र तिनका समाधानका उपायहरू प्रस्तुत गरिएको छ । विद्यालय तहमा नेपाली व्याकरण शिक्षणका समस्याहरू पहिचान गर्ने क्रममा पुस्तकालयीय विधिमा आधारित भई द्वितीय स्रोतका सामग्रीहरूलाई यहाँ विश्लेषणात्मक शैलीमा प्रस्तुत गरिएको छ । नेपाली व्याकरण शिक्षण गर्दा पुरानो मानकप्रति झुकाव रहेको, उपयुक्त शैक्षणिक व्याकरणलाई आत्मसात गरी शिक्षण गर्न नसकेको, शिक्षकहरुमा ज्ञान तथा तालिमको अभाव रहेको प्रयोगात्मक र कार्यमूलक व्याकरणमा जोड नदिएको, वर्णविन्यासमा एकरुपता कायम नगरी शिक्षण गरिएको छ । अतः देशव्यापी रुपमा एउटै समसामयिक मानक व्याकरण प्रयोग गरी रचनामुखी व्याकरणलाई जोड दिदैँ शिक्षण अनुभव र सामग्री निर्माण अनुभवलाई वृद्घि गरी यसको समाधानका लागि सम्बन्धित विषय शिक्षक, विद्यालय, क्याम्पस प्रशासन, सम्बन्धित विद्वान्, नेपाली विभाग एवम् सिङ्गो राष्ट्र नै सचेत भई सक्रिय भई व्याकरण शिक्षणमा सुधार गर्नु आवश्यक छ ।