सिपाहीकी स्वास्नी कथामा अभिघात
DOI:
https://doi.org/10.3126/jmc.v3i1.81232Keywords:
अभिघात, मानसिक तनाव, भयवितAbstract
प्रस्तुत अध्ययन कथाकार महेशविक्रम शाहको सिपाहीकी स्वास्नी कथामा रहेको मानसिक चोटको विश्लेषणमा आधारित छ । नेपालको दश बर्से द्वन्द्वकालीन समयको विषयवस्तुमा लेखिएको सिपाहीकी स्वास्नी कथा सङ्ग्रहभित्रको एउटा कथा सिपाहीकी स्वास्नी कथाभित्र युद्धले पारेका मानसिक आघातहरू प्रस्ट्याउन खोजिएको छ । युद्धले सिपाही स्वास्नी कथाका पात्रहरूमा परेका अभिघातहरूलाई देखाई युद्धले सिपाहीका परिवारजनमा पारेको चोट प्रस्तुत गर्नु यस लेखको उद्देश्य रहेको छ । प्रस्तुत अध्ययन अभिघात सिद्धान्तका आधारमा पाठपरक विश्लेषणमा आधारित छ । पाठको विश्लेषणका लागि पुस्तकालयीय विधिको प्रयोग गरिएको छ । नेपालमा वि.सं. २०५२ देखि २०६२ सालसम्म सञ्चालन भएको दश बर्से द्वन्द्वका कारण सिपाहीका परिवार र आफन्तजन भयवित र त्रसित भएका छन् । युद्धले मानिसमा भय उत्पन्न गर्छ । त्यही भयका कारण युद्धमा होमिएका मानिसका आफन्तले मानसिक तनाव बेहोर्नु परेको छ । सिपाही दुर्गम स्थानमा सरुवा भई काम गर्दा उनको परिवारमा झनै कतिखेर के हुन्छ भन्ने आशङ्काले युद्धको त्रासदीयुक्त वातावरणलाई सिपाहीकी स्वास्नी कथाले देखाएको छ । युद्धका कारण सिपाहीका परिवारजनमा आशङ्का, तनाव, भय सिर्जना गरेको र उक्त भय सपनामा समेत देखा परेको अवस्थालाई प्रस्तुत गरिएको छ ।