सामाजिक विकास मन्त्रालय, कर्णाली प्रदेशबाट प्रकाशित प्रतिवेदनमा भएका भाषिक त्रुटि

Authors

Keywords:

भाषिक,, वर्णविन्यास, निराकरण

Abstract

प्रस्तुत अध्ययन सामाजिक विकास मन्त्रालयबाट प्रकाशित प्रतिवेदन तथा सूचनामा (२०८०) प्रयुक्त वर्णविन्यासगत त्रुटिशीर्षकमा केन्द्रित रहेर तयार पारिएको छ । यस अध्ययनमा सामाजिक विकास मन्त्रालय कर्णाली प्रदेशबाट प्रकाशित प्रतिवेदनमा भएका भाषिक त्रुटिको पहिचान गर्नु, सामाजिक विकास मन्त्रालय कर्णाली प्रदेशबाट प्रकाशित प्रतिवेदनमा भाषिक त्रुटि हुने कारणको खोजी गर्नु जस्ता दुईवटा उद्देश्य रहेका छन् । प्रतिवेदन तथा सूचनामा भएका सामग्रीलाई समान सम्भावनायुक्त नमुना छनोट विधिअन्तर्गतको उद्देश्यपूर्ण नमुना छनोट विधिद्वारा नमुना जनसङ्ख्याका रूपमा छनोट गरी व्याख्या एवम् विश्लेषण गरिएको छ ।यसमा ह्रस्व र दीर्घ सम्बन्धी त्रुटि १९१ वटा अर्थात समग्र त्रुटिको ३८.५८ प्रतिशत रहेको छ । ब र व सम्बन्धी त्रुटि भने ५४ वटा अर्थात समग्र त्रुटिको १०.५९ प्रतिशत रहेको पाइन्छ । श, ष, स सम्बन्धी त्रुटि भने २७ वटा अर्थात समग्र त्रुटिको ५.४६ प्रतिशत रहेको छ । पञ्चम वर्णको प्रयोग सम्बन्धी ३५ वटा अर्थात समग्र त्रुटि ७.०४ प्रतिशत शब्दमा त्रुटि रहेका छन् । पदवियोग सम्बन्धी १७१ वटा अर्थात समग्र त्रुटिको ३४.४४ प्रतिशत शब्दमा त्रुटि रहेका छन् । जसबाट भाषिक त्रुटिको महत्त्व बुझेर सम्बन्धित पक्ष वा सरोकारवाला निकाय सचेत र सजग हुनुपर्ने, प्रतिवेदन तथा सूचनाको भाषिक सम्पादन गरेर मात्र प्रकाशन गर्नुपर्ने, प्रतिवेदन तथा सूचना तयार गर्ने व्यक्तिले शब्दकोशको प्रयोग गरेर मात्र सामाग्री प्रकाशन गर्ने बानीको विकास गर्नुपर्ने निष्कर्ष निकालिएको छ ।

Abstract
0
PDF
0

Author Biographies

Hari Jung Shah , Mid-West University, Graduate School of Education.

Assistant Professor 

Nabin Bhattrai, Nepal Police School Surkhet

Teacher

Downloads

Published

2025-07-10

How to Cite

सामाजिक विकास मन्त्रालय, कर्णाली प्रदेशबाट प्रकाशित प्रतिवेदनमा भएका भाषिक त्रुटि. (2025). Journal of Musikot Campus, 3(1), 248-263. https://doi.org/10.3126/jmc.v3i1.81229

Issue

Section

Articles

How to Cite

सामाजिक विकास मन्त्रालय, कर्णाली प्रदेशबाट प्रकाशित प्रतिवेदनमा भएका भाषिक त्रुटि. (2025). Journal of Musikot Campus, 3(1), 248-263. https://doi.org/10.3126/jmc.v3i1.81229