स्नातक तहको नेपाली पाठ्यक्रममा लैङ्गिक चेतना

Authors

  • Nanimaya Rana Mid-West University, Graduate School of Education.

DOI:

https://doi.org/10.3126/jmc.v3i1.81227

Keywords:

द्वन्द्व, अभिघात, मानसिक तनाव, भयवित

Abstract

प्रस्तुत अनुसन्धानमूलक लेख मध्यपश्चिम विश्वविद्यालय ग्रयाजुयट स्कुल अफ एजुकेशनको स्नातक तह शिक्षा शास्त्र सङ्कायको नेपाली विषयको पाठ्यक्रममा रहेका रचनामा लैङ्गिक प्रतिनिधित्वको विश्लेषणमा केन्द्रित छ । गुणात्मक ढाँचाको अवलम्बन गरिएको यस अध्ययनमा पाठविश्लेषण पद्धतिलाई अपनाइएको छ । स्नातक तहको नेपाली पाठ्यक्रममा तोकिएका आख्यान र कविताकाव्य रचनाहरुको लैङ्गिक प्रतिनिधित्व र लैङ्गिक प्रतिरोधी चेतनाका पक्षबाट अध्ययन गरी पाठयसामग्रीको गहन पठनबाट सामग्री सङ्कलन गरिएको छ । अध्ययनपश्चात प्राप्त सामग्रीलाई तालिकीकरण गरिएको छ । प्रस्तुत अध्ययनमा स्नातक तहको नेपाली विषयमा चयन गरिएका रचनामा रहेको लैङ्गिक चेतनाको अवस्थालाई लैङ्गिकताको सैद्धान्तिक मान्यताका आधारमा विश्लेषण गरिएको छ । यसमा लैङ्गिक प्रतिनिधित्व र समताको अवस्था, महिला र पुरुषले निर्वाह गर्ने परम्परागत भूमिका, लैङ्गिक उत्पीडनका विरुद्धको प्रतिरोध तथा सामाजिक न्यायका दृष्टिले पाठयव्रmममा रहेका पाठहरूको लैङ्गिक विश्लेषण गरिएको छ । पाठ्यक्रममा  प्रतिनिधित्व, सन्तुलन र समन्वयका दृष्टिले बढी मात्रामा पुरुषपक्षीय भएको निष्कर्ष प्रस्तुत गरिएको छ । यस अनुसन्धानमा लैङ्गिक संवेदना र पाठ्यक्रम तथा पाठ्यक्रममा  रहेका पाठमा लैङ्गिक सन्तुलनको पक्ष समावेशी हुन नसकेको निष्कर्ष समेत प्रस्तुत अध्ययनबाट प्राप्त भएको छ ।

Downloads

Download data is not yet available.
Abstract
75
PDF
36

Author Biography

Nanimaya Rana, Mid-West University, Graduate School of Education.

Assistant Professor 

Downloads

Published

2025-07-10

How to Cite

Rana, N. (2025). स्नातक तहको नेपाली पाठ्यक्रममा लैङ्गिक चेतना. Journal of Musikot Campus, 3(1), 227–240. https://doi.org/10.3126/jmc.v3i1.81227

Issue

Section

Articles