जुम्ली भाषाको कालगत करण अकरण व्यवस्थाको शैक्षणिक उपयोग

Authors

  • Om Prakash Acharya Tribhuvan University, Jumla Multiple Campus, Jumla

DOI:

https://doi.org/10.3126/jmc.v3i1.81222

Keywords:

संरचना, वर्तमानकाल, भूतकाल, भविश्यकाल, सहायक क्रिया

Abstract

जुम्ली भाषा कर्णाली प्रदेशको जुम्ला जिल्लामा बोलिने भाषा हो । जुम्ली भाषा कथ्यमा आधारित छ । यस भाषामा लिखित सामग्री, साहित्यिक सिर्जना छिटपुट बाहेक पाइदैन । जुम्ली भाषी विद्यार्थीहरुलाई नेपाली भाषा शिक्षणका सन्दर्भमा नेपाली भाषाको संरचनाले शिक्षण सिकाइमा पार्ने असरका सम्बन्धमा भाषा शिक्षण र भाषिक व्यवस्थाको अध्ययन गरिएको छ । भाषा समाज, समुदायको सम्पत्ति हो । भाषाको व्याकरणिक कोटि करण अकरणका आधारमा जुम्ली भाषाको व्यवस्थाका सम्बन्धमा यस लेखमा अध्ययन गरिएको छ । जुम्ली भाषाको करण अकरण व्यवस्थाको अध्ययन गर्दा नेपाली भाषामा रहेका करण अकरण व्यवस्थालाई तुलनात्मक रूपमा विश्लेषण गरिएको छ । जुम्ली भाषामा कालगत करण अकरण व्यवस्था कस्तो छ ? जुम्ली भाषामा रहेको कालगत करण अकरण व्यवस्था र नेपाली भाषामा रहेकोकरण अकरण व्यवस्थाबीच के कस्तो समानता र भिन्नता छ ? यस लेखका अनुसन्धानात्मक समस्या अनुसन्धेय प्रश्नहरू हुन् । जुम्ली भाषामा रहेको कालगत करण अकरण व्यवस्थाको अध्ययन गर्नु, जुम्ली भाषा र नेपाली भाषामा रहेको करण अकरण व्यवस्थाको तुलनात्मक अध्ययन गर्नु यस अनुसन्धानको उद्देश्य हो । प्रायोगिक भाषा विज्ञानमा आधारित भएर । क्षेत्रगत अध्ययन विधि प्रयोग गरी वर्णनात्मक विश्लेषणात्मक र तुलनात्मकता आधारमा विश्लेषण गरिएको यस लेखमा जुम्ली भाषामा कालगत वर्तमानकाल, भूतकाल र भविष्यतकालमा करण अकरण जनित शब्द, अकरण र सहायक क्रिया एवम् युगल अकरणमा देखिएको संरचना मौलिक प्रकृतिका छन् भने यी सकारात्मक एवम् नकारात्मक अर्थ प्रदान गर्ने व्याकरणिक कोटि नेपाली भाषाभन्दा फरक प्रकृतिका छन् । करण अकरण व्यवस्थामा जुम्ली र नेपाली भाषामा संरचनापरक भिन्नता छ । भाषिक कालगत व्यवस्था, करण अकरण व्यवस्था, जुम्ली र नेपाली भाषाबीचको समानता र असमानताको अध्ययनले जुम्ली र नेपाली भाषाको कालगत करण अकरण व्यवस्थामा भिन्नता छ  ।  

 

Downloads

Download data is not yet available.
Abstract
51
PDF
27

Author Biography

Om Prakash Acharya , Tribhuvan University, Jumla Multiple Campus, Jumla

Lecturer 

Downloads

Published

2025-07-10

How to Cite

Acharya , O. P. (2025). जुम्ली भाषाको कालगत करण अकरण व्यवस्थाको शैक्षणिक उपयोग. Journal of Musikot Campus, 3(1), 211–218. https://doi.org/10.3126/jmc.v3i1.81222

Issue

Section

Articles