मुकुन्द इन्दिरा नाटकमा अङ्गी रस
DOI:
https://doi.org/10.3126/jkmc2.v4i1.91243Keywords:
कार्यावस्था, अर्थप्रकृति, विभाव, अनुभाव, व्यभिचारी भाव, स्थायी भाव, अङ्गी रसAbstract
प्रस्तुत लेखको उद्देश्य मुकुन्द इन्दिरा नाटकमा अङ्गी रसको संरचना तथा विकासको अवस्था अध्ययन गर्नु रहेको छ । यस उद्देश्यलाई समाधान गर्न मुकुन्द इन्दिरा नाटकमा अङ्गी रसको विकास कसरी भएको छ भन्ने प्रश्न निर्माण गरिएको छ । यसअघि भएका पूर्वकार्यहरूको अध्ययनबाट रसवादी कोणबाट अध्ययन गरिएको नपाइएकोले यस लेखमा पूर्वीय काव्यशास्त्रीय मान्यताको रससिद्धान्तलाई आधार मानेर यस नाटकको विश्लेषण गरिएको छ । भरतमुनिद्वारा प्रतिपादित र उनीपछिका आचार्यहरूबाट परिपोषित मान्यताका आधारमा स्थापित रसवादी चिन्तनलाई आधार मानी नाटकको विश्लेषण गरिएको छ । पुस्तकालयीय कार्यबाट सामग्री सङ्कलन गरी गुणात्मक विधिको प्रयोगबाट अध्ययन गरिएको यस लेखमा मुकुन्द इन्दिरा नाटकको घटनावस्तुलाई अर्थप्रकृति र कार्यावस्थाका आधारमा अध्ययन गरी अङ्गी रसका रूपमा शृङ्गार रहेको निष्कर्षमा पुगिएको छ । साथै यस रसलाई रससामग्रीका आधारमा विश्लेषण गरिएको छ ।