मेरो कक्षाकोठाको शिक्षण अभ्यास र विद्यार्थी सिकाइबीचको अन्तरसम्बन्ध : एक अटोएथ्नोग्राफी

Authors

Keywords:

शिक्षणका विशेषता, अटोएथ्नोग्राफी, अनुभव, गतिविधि, कक्षाकोठा वातावरण

Abstract

यस अध्ययनमा मैले कक्षामा कसरी पढाएँ, विद्यार्थीहरूसँग कस्तो व्यवहार गरेँ, कक्षाकोठामा कस्तो वातावरण बनाएँ र ती कुराले विद्यार्थीहरूको सिकाइमा कस्तो असर पर्यो भन्ने कुराको गहन रूपमा खोज गरेको छु । यो लेखको मुख्य उद्देश्य मेरो शिक्षण–सिकाइको प्रकृति तथा विशेषताहरू र त्यसले विद्यार्थीहरूको सिकाइमा पारेको प्रभावलाई गम्भीरतापूर्वक अध्ययन गर्नु रहेको छ । यस अध्ययनमा मैले अटोएथ्नोग्राफी विधिको प्रयोग गरेको थिएँ र म केवल शिक्षकका रूपमा मात्र नभएर एक अनुसन्धानकर्ताका रूपमा अध्ययनमा सहभागी भएको थिएँ । त्रिभुवन विश्वविद्यालयको एक क्याम्पसका स्नातकोत्तर तहको प्रथम सत्रमा अध्ययन गर्ने नौ जना विद्यार्थीहरूलाई नमूनाका रूपमा यस अध्ययनमा समावेश गरिएको थियो । मैले उनीहरूसँग पाँच हप्तासम्म कक्षाकोठामा बिताएका अनुभवलाई नजिकबाट अवलोकन गरेँ । कक्षाकोठामा विद्यार्थीहरूले कसरी सहभागिता जनाए, उनीहरूले सिकाइलाई कसरी अनुभव गरे र मैले प्रयोग गरेका शिक्षण तरिकाले उनीहरूलाई कस्तो प्रभाव पर्यो भन्ने कुरा बुझ्ने प्रयास गरेको थिएँ । मैले विद्यार्थीहरूसँग समूहमा बसेर अन्तर्वार्ता पनि लिएँ र उनीहरूले लेखेका जर्नलहरू पनि सङ्कलन गरेँ । यसका साथै कक्षाकोठाका गतिविधिहरूको भिडियो पनि रेकर्ड गरेँ । त्यसपछि ती सबै सामग्रीहरूलाई लिखित रूपमा तयार गरी ध्यानपूर्वक अध्ययन गरेँ । सामग्रीलाई बारम्बार पढेर कक्षामा देखिएका व्यवहार, सिकाइका तरिका र अनुभवहरू बुझ्ने प्रयास गरेँ । यस प्रक्रियाबाट केही महत्त्वपूर्ण पक्षहरू स्पष्ट रूपमा देखिए र मैले अध्ययनका क्रममा मेरो शिक्षणमा केही महत्त्वपूर्ण विशेषताहरू पहिचान गरेँ । कक्षाकोठामा कडा र औपचारिक वातावरणभन्दा सहज र खुला वातावरण निर्माण गर्ने प्रयास गरेको थिएँ, जसले विद्यार्थीहरूलाई नडराई अभिव्यक्ति दिन सहयोग गर्यो । आत्मीय व्यवहारका कारण उनीहरूले कक्षामा सहज महसुस गरे । यस अध्ययनले शिक्षकको व्यवहार, शिक्षण प्रस्तुत गर्ने तरिका र कक्षाकोठाको वातावरणले विद्यार्थीहरूको सिकाइमा प्रत्यक्ष प्रभाव पार्ने कुरा स्पष्ट गर्दै सक्रिय, सहयोगी र आत्मीय शिक्षक तथा सहज वातावरणले विद्यार्थीहरूको सहभागिता र सिकाइलाई प्रभावकारी बनाउँछ भन्ने निष्कर्ष निकालेको छ । 

Abstract
16
PDF
11

Downloads

Published

2026-07-31

How to Cite

Shah, R. K. (2026). मेरो कक्षाकोठाको शिक्षण अभ्यास र विद्यार्थी सिकाइबीचको अन्तरसम्बन्ध : एक अटोएथ्नोग्राफी. Journal of Janta Multiple Campus, 5(1), 214-229. https://doi.org/10.3126/jjmc.v5i1.98002

Issue

Section

Research Articles

How to Cite

Shah, R. K. (2026). मेरो कक्षाकोठाको शिक्षण अभ्यास र विद्यार्थी सिकाइबीचको अन्तरसम्बन्ध : एक अटोएथ्नोग्राफी. Journal of Janta Multiple Campus, 5(1), 214-229. https://doi.org/10.3126/jjmc.v5i1.98002