माध्यमिक तहको नेपाली भाषा शिक्षणमा प्रविधियुक्त मूल्याङ्कन

Authors

  • Madan Raj Baral

Keywords:

गुणात्मक अनुसन्धान, विद्युतीय/डिजिटल उपकरण, नेपाली भाषा शिक्षण, , भाषिक मूल्याङ्कन, माध्यमिक तह

Abstract

प्रस्तुत अध्ययन माध्यमिक तहको नेपाली भाषा शिक्षणमा प्रविधिको सान्दर्भिकता र यसले भाषिक मूल्याङ्कनमा पारेको प्रभावको विश्लेषणमा केन्द्रित छ । गुणात्मक अनुसन्धान पद्धतिअन्तर्गत इटहरी क्षेत्रका चार जना अनुभवी नेपाली शिक्षकहरूसँग गरिएको अन्तर्वार्तालाई यस अध्ययनको प्राथमिक स्रोतका रूपमा लिइएको छ । अध्ययनका निष्कर्षहरूले नेपाली कक्षाकोठामा भाषिक मूल्याङ्कनका लागि प्रविधिको प्रयोग क्रमशः बढ्दै गएको र यसले परम्परागत मूल्याङ्कन प्रणालीलाई अन्तरक्रियात्मक, सन्दर्भसापेक्ष र विद्यार्थीकेन्द्रित बनाएको देखाएका छन् । सहभागी शिक्षकहरूले गुगल फर्म्स, म्यासेन्जर र टिम्स जस्ता विद्युतीय/डिजिटल उपकरणहरूको प्रयोगबाट मूल्याङ्कन प्रक्रियालाई सहज, सक्रिय र प्रेरणादायी बनाएको अनुभव गरेका छन् । यद्यपि, पर्याप्त भौतिक पूर्वाधारको अभाव, प्राविधिक तालिमको कमी र विद्युतीय/डिजिटल पहुँचमा रहेको असमानतालाई मुख्य चुनौतीका रूपमा पहिचान गरिएको छ । अध्ययनले प्रविधिमा आधारित मूल्याङ्कनलाई संस्थागत रूपमा सुदृढ गर्न शिक्षकको क्षमता विकास, स्पष्ट नीतिगत व्यवस्था र पूर्वाधार विस्तारमा जोड दिनुपर्ने सुझाव दिएको छ । समग्रमा, प्रविधिको एकीकृत प्रयोगले भाषिक मूल्याङ्कनको स्वरूपलाई आधुनिक र वैज्ञानिक ढङ्गले पुनर्संरचना गर्ने प्रचुर सम्भावना देखिएको छ ।

Abstract
11
PDF
1

Downloads

Published

2026-07-31

How to Cite

Baral, M. R. (2026). माध्यमिक तहको नेपाली भाषा शिक्षणमा प्रविधियुक्त मूल्याङ्कन . Journal of Janta Multiple Campus, 5(1), 171-183. https://doi.org/10.3126/jjmc.v5i1.97995

Issue

Section

Research Articles

How to Cite

Baral, M. R. (2026). माध्यमिक तहको नेपाली भाषा शिक्षणमा प्रविधियुक्त मूल्याङ्कन . Journal of Janta Multiple Campus, 5(1), 171-183. https://doi.org/10.3126/jjmc.v5i1.97995