बुढी, बुहारी र बटुवा लोककथाको संरचनात्मक अध्ययन

Authors

  • Santosh Karki

Keywords:

बटुवा, बुढी, बुहारी, लोककथा, संरचना

Abstract

लोकसाहित्य लिखित साहित्यको आधारशिला हो । लोककथामा मौखिक वा श्रुतिपरम्पराको विशेषता निहित हुन्छ । त्यसैले लोककथालाई अपठित समुदायको सांस्कृतिक सम्पत्तिका रूपमा लिने गरिन्छ । लोककथाका माध्यमबाट तत्कालीन समाजको सामाजिक, धार्मिक, सांस्कृतिक, भाषिक, भौगोलिक, राजनीतिक तथा आर्थिक अवस्थाबारे जानकारी प्राप्त गर्न सकिन्छ । कुनै पनि कृतिका संरचक घटकहरूबीचको व्यवस्थित सम्बन्धलाई संरचना भनिन्छ । संरचना व्यवस्था वा सङ्गठन हो, जुन विभिन्न घटकहरूको संयोजनबाट निर्मित हुन्छ । लोककथा निर्माणका लागि आवश्यक तत्त्वहरू नै त्यसका मूल संरचक घटक हुन् । मूलतः लोककथाका संरचक घटकहरू कथानक, सहभागी, पात्र, परिवेश, उद्देश्य तथा भाषाशैलीगत विन्यास हुन् । संरचनात्मक अध्ययनमा यिनै घटकका आधारमा विश्लेषण गरिन्छ । प्रस्तुत आलेखमा सङ्खुवासभा जिल्लाको धर्मदेवी क्षेत्रभित्र प्रचलित 'बुढी, बुहारी र बटुवा' लोककथाको सङ्कलन गरी संरचनात्मक दृष्टिकोणबाट अध्ययन तथा विश्लेषण गरिएको छ । यस अध्ययनको मुख्य समस्या उक्त लोककथाको संरचनात्मक विश्लेषण गर्नु रहेको छ भने यसको उद्देश्य लोककथाका संरचक घटकका आधारमा कथाको विश्लेषण गर्नु हो । अध्ययनका लागि पुस्तकालयीय तथा क्षेत्रीय अध्ययन विधिबाट सामग्री सङ्कलन गरिएको छ । सङ्कलित सामग्रीलाई लोककथाका संरचक घटकहरूको कसीमा राखी वर्णनात्मक तथा विश्लेषणात्मक विधिबाट विश्लेषण गरिएको छ । अध्ययनबाट उक्त लोककथाको प्रमुख उद्देश्य मनोरञ्जन प्रदान गर्नुका साथै खराब कर्म गर्ने व्यक्ति अन्ततः समाजबाट बहिष्कृत हुन्छ भन्ने नैतिक शिक्षा प्रवाह गर्नु रहेको निष्कर्ष प्राप्त भएको छ । कथामा छोटा, सरल तथा कोशीय अर्थ स्पष्ट हुने वाक्यहरूको प्रयोग गरिएको छ भने वर्णनात्मक शैलीका कारण घटनाहरू क्रमबद्ध र सिलसिलेवार रूपमा प्रस्तुत भएका छन् ।

Abstract
14
PDF
6

Downloads

Published

2026-07-31

How to Cite

Karki, S. (2026). बुढी, बुहारी र बटुवा लोककथाको संरचनात्मक अध्ययन . Journal of Janta Multiple Campus, 5(1), 121-131. https://doi.org/10.3126/jjmc.v5i1.97990

Issue

Section

Research Articles

How to Cite

Karki, S. (2026). बुढी, बुहारी र बटुवा लोककथाको संरचनात्मक अध्ययन . Journal of Janta Multiple Campus, 5(1), 121-131. https://doi.org/10.3126/jjmc.v5i1.97990