प्रदेशमा बोलिने मातृभाषाको स्थिति र तिनको संरक्षण, सम्बद्र्धनका उपायहरू

Authors

  • पदमा देवी Padma Devi पन्धाक Pandhak जनता बहुमुखी क्याम्पस इटहरी, सुनसरी
  • मोहनकुमार Mohankumar तुम्बाहाङ Tumbahang सुकुना बहुमुखी क्याम्पस, सुन्दरहरैंचा, मोरङ Sukuna Multiple Campus, Morang

DOI:

https://doi.org/10.3126/jjmc.v3i1.66112

Keywords:

क्षयीकरण, संरक्षण, सङ्कटापन्न, मातृभाषा, अपसरण

Abstract

यस लेखको मूल उद्देश्य हो कोसी प्रदेशमा बोलिने मातृभाषाको स्थितिको आकलन गर्नु र सङ्कटग्रस्त हालतमा गुज्रिरहेका भाषाहरूलाई यथोचित तरिकाले संरक्षण र संवर्धनका उपायहरूको निरूपण गर्नु हो । यो अध्ययन पुस्तकालयीय विधि अपनाउने गुणात्मक ढाँचामा आधारित भएर व्याख्या तथा विश्लेषण गरिएको छ । यो लेखमा सोद्देश्यपूर्वक नमुना छनोटको आधारमा राष्ट्रिय जनगणना (सन् २०११ र २०२१) को तथ्याङ्कलाई प्राथमिक तथ्याङ्कको आधार मानी अन्य लेखरचना, जर्नल, पुस्तक, पत्रपत्रिका आदिलाई द्वितीयक सामग्रीका रूपमा सङ्कलन गरेर विश्लेषण गरिएको छ । व्याख्या र विश्लेषण गर्ने विधिहरूको अवलम्बन गर्दै भाषा क्षयीकरणको सिध्दान्तमाथि केन्द्रित भएको छ । व्याख्या र विश्लेषणपछि के नतिजा वा निष्कर्ष आएको छ भने नेपाली भाषा राष्ट्रभाषा हुनाले यसको यथोचित विकास, संरक्षण र संवर्धन भएको पाइन्छ तर यसबाहेकका मातृभाषाहरू भने विभिन्न आधार र स्तरका सङ्कटको स्थिति सामना गरिरहेको पाइयो । यसका साथै सङ्कटापन्न भाषाहरूलाई जोगाउने केही महत्वपूर्ण उपाय सङ्केत गरिएका छन् । यस लेखबाट भाषाविद्, भाषा संरक्षणमा जुटेका अभियन्ता, शिक्षक तथा विद्यार्थी विशेषलाई सहयोग पुग्ने देखिन्छ ।

Downloads

Download data is not yet available.
Abstract
30
PDF
24

Author Biographies

पदमा देवी Padma Devi पन्धाक Pandhak, जनता बहुमुखी क्याम्पस इटहरी, सुनसरी

स. प्राध्यापक, नेपाली भाषा शिक्षा विभाग

मोहनकुमार Mohankumar तुम्बाहाङ Tumbahang, सुकुना बहुमुखी क्याम्पस, सुन्दरहरैंचा, मोरङ Sukuna Multiple Campus, Morang

उप–प्राध्यापक अङ्ग्रेजी विभाग

Downloads

Published

2024-05-23

How to Cite

पन्धाक Pandhak प. द. P. D., & तुम्बाहाङ Tumbahang म. M. (2024). प्रदेशमा बोलिने मातृभाषाको स्थिति र तिनको संरक्षण, सम्बद्र्धनका उपायहरू. Journal of Janta Multiple Campus, 3(1), 60–70. https://doi.org/10.3126/jjmc.v3i1.66112

Issue

Section

Articles