कक्षा तीनका कथाका मूलपाठमा प्रयुक्त शव्दहरूको सान्दर्भिकता
DOI:
https://doi.org/10.3126/jjmc.v3i1.66110Keywords:
भाषापाठ्यक्रम, शव्दवर्गीकरणका आधार, आधारभूततह, पठ्य—श्रव्य विधा, शव्दकोशAbstract
नेपाली भाषा सिक्ने विद्यार्थीहरू मातृभाषी र विमातृभाषी दुवै भाषिक परिवेशबाट आउने भएकाले शव्दभण्डार चयनमा भाषापाठ्यपुस्तक सम्पादकले सजग हुनुपर्छ । सामुदायिक विद्यालयका कक्षा ३ मा पठनपाठन हुने अनिवार्य नेपाली भाषापाठ्यपुस्तकका २ ओटा कथाका शव्दलाई सोद्देश्यमूलक नमुना छनोट र अवलोकन विधिका माध्यमबाट सामग्री सङ्कलन गरी प्राप्त भएका २५९ शव्दलाई कालक्रम, वितरणात्मक अवस्था, वाक्यात्मक कार्य, व्युत्पादन, रुपतात्विकता र शव्दस्रोतका आधारमा वर्गीकरण गरिएको छ । नेपाली भाषा संस्कृत भाषाबाटै विकसित भएको तथा तत्सम र आगन्तुक वर्गभित्र नपरेका नेपाली भाषाका ठेट शव्दको स्रोत तद्भव हुनसक्ने सम्भावना रहेकाले तत्सम, तद्भव र नेपाली भाषाका ठेटशव्दलाई पनि मौलिक वर्गभित्रै राखिएको छ । आगन्तुक वर्गमा फारसी स्रोतका ४ र अरवी स्रोतका ४ र हिन्दी स्रोतको १ गरी जम्मा ९ वटा शव्दप्रयोग भएका छन् । लोककथा र नीतिकथाको छनोटले आगन्तुक शव्द स्रोतलाई प्रभाव पारेको देखिन्छ । द्विव्युत्पन्न शव्द र संयुक्त क्रियाको प्रयोग भने कक्षाको स्तरभन्दामाथि देखिन्छ । यस अध्ययनले शव्दनिर्माण प्रक्रिया, स्रोत पहिचान, पदवर्ग पहिचानसम्बन्धी अध्ययन गर्ने अध्येता; भाषापाठ्यपुस्तक लेखक तथा सम्पादक; भाषा शिक्षण कार्यमा संलग्न शिक्षक तथा विद्यार्थी वर्गलाई सहयोग पुग्न सक्छ ।