‘आँसुको छाल’ हाइकु कृतिमा प्रकृति चित्रण {Depicting Nature in the Haiku Work 'Aanshuko Chhal'}

Authors

  • गौतम Gautam रानाभाट Ranabhat

DOI:

https://doi.org/10.3126/jj.v2i1.68331

Keywords:

अनसभव, अनुकम्पन, ऋतुबोधक, किगो, किरेजी

Abstract

प्रकृति नै सारा संसारको मूल तङ्खव हो । प्रकृतिबाटै चराचर जगत्का हरेक क्रियाकलाप अनवरत र सन्तुलित ढङ्गले चलिरहेका छन् । हाइकु नेपाली साहित्यको प्रकृतिपरक आगन्तुक लघुतम पद्य भएकाले यो अध्ययनीय विषय हो । यस अनुसन्धानको उद्देश्य भीम रानाभाट ज्यालादारीको ‘आँसुको छाल’ हाइकुसङ्ग्रहका हाइकुहरूमा प्रयुक्त प्रकृति चित्रणको अध्ययनमा केन्द्रित छ । सामग्री सङ्कलनमा पुस्तकालयलाई प्रमुख स्रोत मानिएको छ । अनुसन्धानको प्राथमिक स्रोत ‘आँसुको छाल’ हाइकु कृति हो । आवश्यकतानुसार विभिन्न अध्ययन–अनुसन्धान, व्याख्या–विश्लेषण र समीक्षा–समालोचनालाई सहायक सामग्रीका रूपमा लिइएको छ । हाइकुका उपकरण तथा तङ्खव र त्यस सम्बन्धमा विभिन्न विद्वान्हरूले अगाडि सारेका चिन्तन एवम् दृष्टिकोणलाई प्रकृति चित्रणको सैद्धान्तिक आधार बनाइएको छ । रानाभाटको व्यक्तित्व र कृतित्वको सामान्य चर्चा भए पनि उनका हाइकुहरूमा अभिव्यक्त प्रकृति चित्रणलाई आधार बनाएर हालसम्म अनुसन्धान नभएकाले त्यसको पुष्टि यस अनुसन्धानमा गरिँदा सम्बन्धित अध्येता र हाइकु लेखकलाई आवश्यक पृष्ठपोषणसहित मार्गदर्शन हुने अपेक्षा गरिएको छ । प्रकृतिको अभावमा कोही, केही र कसैको अस्तित्व रहँदैन भन्ने प्रकृतिप्रेमलाई रानाभाटले हाइकुहरूमा प्रस्तुत गरेका छन् । यस अध्ययनबाट प्रकृतिका दृश्य, स्पर्श, ध्वनि, गन्धका साथै  स्वादलाई मानवीकरण गरेर बिम्बात्मक, प्रतीकात्मक र आलङ्कारिक रूपमा प्रस्तुत गर्नु नै लेखकको मूल मर्म रहेको कथ्य प्राप्त भएको छ ।

Downloads

Download data is not yet available.
Abstract
16
PDF
15

Author Biography

गौतम Gautam रानाभाट Ranabhat

छापा तथा अनलाइन पत्रकारिता, पोखरा

Downloads

Published

2024-08-19

How to Cite

रानाभाट Ranabhat ग. G. (2024). ‘आँसुको छाल’ हाइकु कृतिमा प्रकृति चित्रण {Depicting Nature in the Haiku Work ’Aanshuko Chhal’}. Janajyoti Journal, 2(1), 164–185. https://doi.org/10.3126/jj.v2i1.68331

Issue

Section

Articles