मनोविश्लेषणका आधारमा सुम्निमा उपन्यासको विवेचना {A Psychoanalytic Analysis of the Sumnima Novel}

Authors

  • प्रकाशचन्द्र Prakashchandra खत्री Khatri जुम्ला बहुमुखी क्याम्पस, जुम्ला

DOI:

https://doi.org/10.3126/jj.v2i1.68330

Keywords:

अचेतन मन, इन्द्रियावेग, जागृतपन, मनोविकार, यौन तृष्णा, सुषुप्त अवस्था

Abstract

प्रस्तुत लेखमा सुम्निमा उपन्यासलाई सिग्मन्ड फ्रायडको मनोविश्लेषण सिद्धान्त अनुरूप विवेचना गरिएको छ । एड्लर, युङ, फ्रायडलगायतले अघि सारेको यौनमनोवैज्ञानिक दृष्टिकोण तथा मान्यता नै यस अध्ययनको सैद्धान्तिक आधार रहेको छ । उपन्यासकार विश्वेश्वरप्रसाद कोइरालाको सुम्निमा उपन्यास मनोविश्लेषणात्मक विषयवस्तुमा आधारित चरित्र प्रधान उपन्यास हो । यसमा स्थूल शरीर र अमर आत्मालाई वर्णनात्मक शैलीमा पुराकथाको कल्पनाको पृष्ठभूमिमा विश्लेषण गरिएको छ । उपन्यासमा अचेतन मनको विश्लेषण तथा फ्रायडीय सिद्धान्तको यौनवादी मूल तङ्खवलाई अवलम्बन गरिएको छ । यस उपन्यासमा फ्रायडवादी कोइरालाले यही मूल तङ्खवलाई प्रतिपाद्य विषयवस्तु बनाएका छन् । सुम्निमा, सोमदत्त तथा पुलोमाको त्रिकोणात्मक सम्बन्धको मियोमा उपन्यासका घटनाक्रमलाई अगाडि बढाएर उनले आफ्नो यौनवादी मान्यतालाई व्यक्त गरेका छन् । शारीरिक प्रेम, शरीर सुख, यौन सन्तुष्टि र कामवासनाद्वारा सञ्चालित मानव मन र मस्तिष्कको परिचालन नै यस उपन्यासमा प्रयुुक्त यौन मनोविज्ञान हो । प्रस्तुत उपन्यास विशेषतः पात्रका उपाहम्को द्वन्द्व उद्घाटनमा केन्द्रित छ । यसर्थ प्रस्तुत अध्ययन विश्वेश्वरप्रसाद कोइरालाद्वारा लिखित सुम्निमा उपन्यासका मुख्य पात्रहरूबिचको मनोद्वन्द्वलाई मनोवैज्ञानिक ढङ्गले विश्लेषण गर्ने मूल उद्देश्यमा  केन्द्रित छ । यस अध्ययनलाई पुस्तकालयीय सामग्रीको प्रयोग गरी मनोविश्लेषणको सिद्धान्त अनुरूप निगमनात्मक ढाँचामा सम्पन्न गरिएको छ । उपन्यासले अचेतनका प्रेरणामार्पmत मानव स्वभावमा पार्न सक्ने प्रभावलाई पात्रको मनोद्वन्द्वका आधारमा सफलतापूर्वक प्रस्तुत गरेको निष्कर्ष प्राप्त भएको छ ।

Downloads

Download data is not yet available.
Abstract
41
PDF
34

Author Biography

प्रकाशचन्द्र Prakashchandra खत्री Khatri, जुम्ला बहुमुखी क्याम्पस, जुम्ला

उप–प्राध्यापक

Downloads

Published

2024-08-19

How to Cite

खत्री Khatri प. P. (2024). मनोविश्लेषणका आधारमा सुम्निमा उपन्यासको विवेचना {A Psychoanalytic Analysis of the Sumnima Novel}. Janajyoti Journal, 2(1), 150–163. https://doi.org/10.3126/jj.v2i1.68330

Issue

Section

Articles