‘हंस’ उपन्यासको पर्यावरणीय समालोचना {Environmental Criticism of the Novel 'Hamsha'}
Keywords:
पारिस्थितिक प्रणाली, गहन पर्याववरण, जैविक विविधताAbstract
प्रस्तुत अनुसन्धानात्मक लेखमा सञ्जीव उप्रेतीको ‘हंस’ उपन्यासलाई पाठका रूपमा लिई त्यसमा प्रयुक्त पर्यावरणीय समालोचनाका विभिन्न आयामहरूको विश्लेषण र मूल्याङ्कन गरेर उक्त उपन्यासको विवेचना गरिएको छ । ‘हंस’ उपन्यासका आधारमा पर्यावरण र यसलाई सन्तुलित तुल्याउने प्राणी, जीव र वनस्पतिबिचको अन्योन्याश्रित सम्बन्धलाई उद्घाटन गर्नु नै प्रस्तुत अध्ययनको मुख्य उद्देश्य रहेको छ । यस लेखमा उपन्यास विश्लेषणका निम्ति पर्यावरणीय समालोचनाले अघि सारेका मान्यतालाई आधार बनाएर प्राकृतिक सौन्दर्यको चित्रण, वातावरणीय नैतिक आचरणको प्रतिबिम्बन, वैज्ञानिक खोजको सम्भावना तथा पर्यावरण अनुकूल भाषिक प्रयोगका आधारमा ‘हंस’ उपन्यासलाई विश्लेषण गरिएको छ । यस लेखमा गुणात्मक अनुसन्धान विधिअन्तर्गत पर्यावरणीय सिद्धान्तलाई अवलम्बन गरी व्याख्याविश्लेषण गरिएको छ । पुस्तकालयीय अध्ययनमा आधारित यो लेखलाई उपन्यासभित्रको पर्यावरणीय पक्षको विश्लेषणका क्रममा साक्ष्यका माध्यमबाट समीक्षात्मक तर्कसहित पुष्टि गरिएको छ । यसमा पर्यावरणका विविध पक्षको कलात्मक प्रयोग भएका कारण यो एक उत्कृष्ट पर्यावरणीय उपन्यास हो भन्ने निष्कर्ष निकालिएको छ ।
Downloads
Published
How to Cite
Issue
Section
License
This license enables re-users to distribute, remix, adapt, and build upon the material in any medium or format for non-commercial purposes only, and only so long as attribution is given to the creator.