प्राज्ञिक लेखनको सैद्धान्तिक अवधारणा {Theoretical concepts of Academic Writing}
Keywords:
प्राज्ञिक सिद्धान्त, प्राज्ञिक विशेषता, प्राज्ञिकता, प्राज्ञिक भाषाAbstract
प्रस्तुत लेख प्राज्ञिक लेखनमा आधारित रहेको छ । यस लेखमा प्राज्ञिक लेखन र यस सम्बन्धी बहुविध क्षेत्रको सैद्धान्तिक चर्चा गरिएको छ । प्राज्ञिक लेखनको परिचय दिनु, प्राज्ञिक लेखनका सिद्धान्त प्रस्तुत गर्नु र प्राज्ञिक लेखनको भाषाशैली उल्लेख गर्नु यस अध्ययनका उद्देश्य रहेका छन् । प्रस्तुत अध्ययन मूलतः गुणात्मक अनुसन्धान विधिमा आधारित रहेको छ । यस अध्ययनमा मूलतः द्वितीयक स्रोतका सामग्रीहरूको प्रयोग गरिएको छ । यस क्रममा पुस्तकालयीय कार्यका माध्यमबाट आवश्यक सामग्रीहरूको सङ्कलन गरिएको छ । यस अध्ययनमा अङ्ग्रेजी सैद्धान्तिक सामग्रीहरूको अधिक उपयोग गरिएको छ । यस अध्ययनबाट प्राज्ञिक व्यक्तित्वले सम्बन्धित संस्थाको नियममा रही निर्धारित मापदण्ड अनुरूप तयार पार्ने नोट, लेखरचना, प्रतिवेदन, शोधपत्र वा शोधप्रबन्धमा आधारित लेखनलाई प्राज्ञिक लेखन भनिने, यसमा प्रयोजनकेन्द्रित, पाठकककेन्द्रित, स्पष्ट दृष्टिकोणमा आधारित, विषयमा आधारित, सङ्गठनात्मक, प्रामाणिक, स्पष्ट वर्णनमा आधारित, अनुसन्धानकेन्द्रित, निश्चित शैलीमा आधारित, मौलिकलगायतका सिद्धान्तको उपयोग गरिने, प्राज्ञिक लेखनको भाषाशैली वस्तुपरक, आग्रहरहित, अनलङ्कारिक, भावहरणहीन, अतिसामान्यीकरणविहीन, अनावृत्त, सङ्गतियुक्त, संसक्ति र संयुक्तियुक्त, साक्षात्मक आदि गुणले युक्त हुनुपर्नेलगायतका निष्कर्ष निकालिएको छ । प्रस्तुत अध्ययन विश्वविद्यालय तहमा अध्ययनरत विद्यार्थी, अनुसन्धानरत शोधार्थी र प्राज्ञिक लेखनका क्षेत्रमा रुचि राख्ने जो कोहीका लागि पनि उपयोगी हुने अपेक्षा गरिएको छ ।
Downloads
Published
How to Cite
Issue
Section
License
This license enables re-users to distribute, remix, adapt, and build upon the material in any medium or format for non-commercial purposes only, and only so long as attribution is given to the creator.