सहकारी संस्थामा महिला सहभागिता, समावेशी शिक्षा र सामाजिक आर्थिक सशक्तिकरणः एक घटना अध्ययन

Authors

  • Sharada Kumari Shahi Mid-West University

DOI:

https://doi.org/10.3126/jeri.v5i1.88637

Keywords:

सहकारी, सहभागिता, समावेशीता, सामाजिक न्याय

Abstract


यो अध्ययन एक बचत तथा ऋण सहकारी संस्थामा महिला र सीमान्तकृत समुदायको निर्णय प्रक्रियामा सहभागिता र प्रतिनिधित्वको अवस्था विश्लेषणमा केन्द्रित छ । यस अध्ययनको मुख्य उद्देश्य जनहितकारी बचत तथा ऋण सहकारी संस्थामा लैङ्गिक समानता तथा सामाजिक समावेशिकरणको अवस्था विश्लेषण गर्ने हो । यो अध्ययनका लागि घटना अध्ययन (केस स्टडी) विधि प्रयोग गरिएको छ । संस्थाको वार्षिक प्रतिवेदन, स्मारिका, र प्रमुख पदाधिकारीहरूसँगको अन्तर्वार्ताबाट संस्थाको स्थापना कालदेखी हालसम्मका तथ्याङ्क संकलन गरिएको छ । उपलब्ध तथ्यले जनहितकारी सहकारी संस्थामा महिला सदस्यता सन्तोषजनक भए पनि निर्णय प्रक्रियामा उनीहरुको प्रभाव र नेतृत्व तहमा उपस्थिति सन्तुलित छैन भन्ने देखाँउछ । विगत २५ वर्षको अवधिमा संस्थाको सात वटा सञ्चालक समितिहरूमा महिला सहभागिता कहिले घट्ने र कहिले बढ्ने प्रवृत्ति देखिन्छ । हालको सञ्चालक समितिमा महिलाको संख्या उल्लेख्य भएपनि समितिको मुख्य पदहरूमा (अध्यक्ष, सचिव र कोषाध्यक्ष) महिला र दलितको उपस्थिति छैन । नौ वटा उप–समितिहरूमा महिलाको उल्लेख्य सहभागिता छ । सातवटा उप–समितिमा महिला संयोजक भएपनि दलित र जनजातिको सहभागगिता न्यून छ । सहकारी संस्थाले पूँजी निर्माण र आर्थिक सशक्तीकरणमा महत्वपूर्ण योगदान गरे पनि समन्यायिक विकास समावेशी शासनविना सम्भव छैन । त्यसकारण यस सहकारी संस्थाले समावेशी सहभागितामा ध्यान दिनुपर्ने देखिन्छ । सहकारी संस्थामा आरक्षणको कानुनी प्रावधान अनिवार्य बनाउँदै लैङ्गिक र जातजातिगत समानुपातिक प्रतिनिधित्वको अभ्यास गर्नुपर्ने देखिन्छ । निर्णय प्रक्रियामा लक्षित वर्गको सहभागिता सुनिश्चित गर्न उनिहरूको क्षमता अभिबृद्धि सुनिश्चत गर्नुपर्ने कुरा अध्ययनले सुझाएको छ ।

Downloads

Download data is not yet available.
Abstract
0
PDF
0

Downloads

Published

2025-12-31

How to Cite

Shahi, S. K. (2025). सहकारी संस्थामा महिला सहभागिता, समावेशी शिक्षा र सामाजिक आर्थिक सशक्तिकरणः एक घटना अध्ययन. Journal of Educational Research and Innovation, 5(1), 164–178. https://doi.org/10.3126/jeri.v5i1.88637

Issue

Section

Articles