खण्डकाव्यको सैद्धान्तिक स्वरुप र यसको विश्लेषण
DOI:
https://doi.org/10.3126/jeri.v5i1.88635Keywords:
पृथक, खण्डकाव्य, मक्तौला रुप, परिस्थिति, शैलीAbstract
प्रस्तुत अनुसन्धानात्मक लेख खण्डकाव्यको सैद्धान्तिक स्वरुप र यसको विश्लेषणमा केन्द्रित छ । खण्डकाव्यको सैद्धान्तिक स्वरुपलाई केलाउनु यसको मूल उद्देश्य रहेको छ । खण्डकाव्यका तत्व, परिभाषा, व्युत्पादनका आधारलाई विभिन्न कोणबाट विश्लेषण गरिएको छ । यो लेख गुणात्मक अध्ययनमा आधारित रहेको छ । पुस्तकालयीय कार्यबाट सङ्कलन गरिएका सामग्रीको अध्ययन विश्लेषण गरिएको यस अध्ययनमा खण्डकाव्यको सैद्धा्िरन्तक स्वरुपको विश्लेषणलाई मूल आधार बनाएको छ । खण्डकाव्यको आकारगत विश्लेषणका आधारमा लघुतम रुप, लघु रुप मझौला रुप र बृहत रुपमा विश्लेषण गरिएको छ । खण्डकाव्यको स्वरुपको अध्ययनका क्रममा यो नेपाली साहित्यका क्षेत्रमा सशक्त रहेको छ । खण्डकाव्यको स्वरुप निर्माण हुनका लागि कथावस्तु, पात्र, रस, देश, काल, तथा वातावरण, उद्देश्य, भाषा शैली, कथनपद्धति भाव र विचार र लय तत्वहरुको भूमिका महत्वपूर्ण रहेको छ । खण्ड र काव्य मिलेर खण्डकाव्यको निर्माण भएको छ । खण्ड भन्नाले कुनै अंश, भाग, टुक्रा हो भने काव्य भनेको कवित वा काव्यरचना हो । जसको अर्थ कुनै सिङ्गोवस्तुको भाग, टुक्रा, वा अंश भन्ने बुझिन्छ । समग्र रुपमा यस अध्ययनमा खण्डकाव्यको सैद्धान्तिक स्वरुप कस्तो रहेको छ भन्ने निष्कर्ष निकालिएको छ । यस प्रकारको अध्ययनले खण्डकाव्यका अध्येता तथा खण्डकाव्यमा अभिरुचि राख्ने व्यक्तिहरु लाभान्वित हुने देखिन्छ ।