भाषिक अनुसन्धानमा पूर्वकार्यको समीक्षा

Authors

  • Min Bahadur K.C. Bageshwori Multiple Campus, Mid-West University

DOI:

https://doi.org/10.3126/jeri.v5i1.88624

Keywords:

पृष्ठाधार, पूर्वपीठिका, प्राज्ञिक प्रश्न, पुनरावलोकन, गवेषण

Abstract

प्रस्तुत लेख अनुसन्धानको अपरिहार्य पक्षका रूपमा चिनिने पूर्वकार्य समीक्षाको सैद्धान्तिक पक्षका बारेमा विस्तृत चर्चा गर्ने उद्देश्यले तयार पारिएको छ । यो लेख भाषा र साहित्यका क्षेत्रमा प्रचलित गुणात्मक अनुसन्धानमा केन्द्रित छ । यसमा खासगरी पूर्वकार्य समीक्षाको परिचय, यसको आवश्यकता,प्रयोजन ,प्रक्रिया,ध्यान दिनु पर्ने कुरा, खाका, फाइदा र सीमाका बारेमा स्पष्ट पारिएको छ । यसले अनुसन्धनीय समस्या र उद्देश्य निर्धारणमा सहयोग पुर्‍याउनुका साथै शोधकार्यलाई विश्वसनीय ,प्रमाणिक र वैध बनाउनमा पनि उतिकै भूमिका खेल्दछ । कुनै पनि अनुसन्धान विशिष्ट प्राज्ञिक प्रश्न वा समस्यामा केन्द्रित रहेका हुन्छन् । ती समस्याहरूसँग आंशिक वा पूर्ण रूपमा सम्बन्धित भएर कुनै कुनै कार्य गरिएको हुन्छ ।यसलाई नै पूर्वकार्यको समीक्षा भनिन्छ । यसको उपयोगबाट पहिले भएका र पछि हुने अनुसन्धनीय कार्य बिचको खाडल भरिन्छ । यसरी अनुसन्धनीय कार्यलाई गतिशील बनाउने क्रममा नेपाली भाषा शिक्षण र साहित्यसँग सम्बद्ध पक्षका साथै अन्य विविध पक्षको पुनरावलोकन गर्दै गइन्छ । यसको उचित प्रयोगबाट अनुसन्धानकर्तालाई स्पष्ट दिशा निर्देश र मार्ग प्रशस्त हुँदै जान्छ ।

Downloads

Download data is not yet available.
Abstract
0
PDF
0

Downloads

Published

2025-12-31

How to Cite

K.C., M. B. (2025). भाषिक अनुसन्धानमा पूर्वकार्यको समीक्षा. Journal of Educational Research and Innovation, 5(1), 121–132. https://doi.org/10.3126/jeri.v5i1.88624

Issue

Section

Articles