दलियकरणको प्रभावमा शिक्षण पेशाः एक विश्लेषण

Authors

  • शारदाकुमारी Sharada Kumari शाही Shahi मध्यपश्चिम विश्वविद्यालय, ग्य्राजुएट स्कुल अफ एजुकेशन

DOI:

https://doi.org/10.3126/jeri.v4i1.75823

Keywords:

दलियकरण, शिक्षक मर्यादा, शिक्षामा राजनीति

Abstract

शिक्षण संस्था भित्र राजनीति दलका भातृ संघ संगठनका कारण शिक्षक वा प्राध्यापकहरू आपसमा विभाजित भएको अवस्थामा शिक्षण पेशा अमर्यादित बनेको छ । शिक्षक र शिक्षण पेशालाई हेयको दृष्टिले हेर्ने  अवस्था आएको छ। शिक्षण पेशामा युवाको आकर्षण छैन । यो अवस्था सृजना हुनमा शिक्षण संस्था भित्र दलिय राजनीतिको भूमिका छलफल गर्ने  हेतुले यो लेख तयार गरिएको छ। यसका लागि शिक्षण पेशामा संलग्न र शिक्षण पेशालाई नजिकबाट निआलेका व्यक्तिका लेखन कार्यको अध्ययन वा पुनराबलोकन गरिएको छ । साथै लेखक विगत पन्ध्र बर्षदेखि सुर्खे त बहुमुखि क्याम्पस र दश बर्षदेखि मध्य पश्चिम विश्व विद्यालयमा आंशिक प्राध्यापकको रूपमा कार्यरत हुदा प्रत्यक्ष अवलोकन गरेका घटना र सहभागी भएका गतिविधिलाई समेत अध्ययनको स्रोत बनाइएको छ । विश्वविद्यालय वा क्याम्पसमा विभिन्न दलहरूसँग सम्बन्धित प्राध्यापक संगठनहरू र विद्यार्थी युनियनहरू छन् । प्राध्यापन पेशामा संलग्न आंशिक प्राध्यापक र स्थायी प्राध्यापकले कुनै न कुनै प्राध्यापक संगठनको सदस्यता लिएकै पाइयो । शिक्षण पेशामा संलग्न प्राध्यापकहरूमा कुनै प्राध्यापक संगठनको सदस्यता नलिए वा उनिहरूको सांगठनिक गतिविधिमा  भाग नलिए भविष्यमा आउने वृति विकासको अवसरबाट बञ्चित हुनुपर्ने  हो कि भन्ने डर भएको पाइयो । व्यक्तिले नचाहँदा नचाहँदै पनि कुनै न कुनै संगठनमा आवद्ध हुनु पर्ने  बाध्यताको अवस्था सृजना भएको तथ्य देखियो । सत्ता र शक्तिको नजिक हुने दलसँग आवद्ध संगठनको बढदो प्रभाव हेरेर अवसरका लागि प्राध्यापकहरूले आफ्नो आवद्धता फेरबदल गर्ने  गरेको पनि पाइयो । यसरी शिक्षण संस्थामा भएको दलियकरणको अभ्यासले शिक्षण पेशामा संलग्न व्यक्तिमा मनोबैज्ञानिक असर परेको तथ्य अवलत्तकन गर्न सकिन्छ । शिक्षण पेशा दलियकरणको भुमरीमा परेर शिक्षाको गुणस्तरमा प्रत्यक्ष असर पारे पनि सार्वजनिक शिक्षा र शिक्षण संस्था भित्रको दलियकरणको अन्त्य चुनौतिपूर्ण भएको कुरामा सरोकारवाला स्वीकारोक्ती छ ।

Downloads

Download data is not yet available.
Abstract
26
PDF
17

Author Biography

शारदाकुमारी Sharada Kumari शाही Shahi, मध्यपश्चिम विश्वविद्यालय, ग्य्राजुएट स्कुल अफ एजुकेशन



Downloads

Published

2024-12-31

How to Cite

शाही Shahi श. S. K. (2024). दलियकरणको प्रभावमा शिक्षण पेशाः एक विश्लेषण. Journal of Educational Research and Innovation, 4(1), 197–205. https://doi.org/10.3126/jeri.v4i1.75823

Issue

Section

Articles