पूर्व आधुनिक नेपाली पद्य साहित्यको वैचारिक विश्लेषण
DOI:
https://doi.org/10.3126/jeri.v4i1.75821Keywords:
केन्द्रीय कथ्य, भाव/विचार, आयाम, भाषाशैली, साहित्य शिक्षण, उद्देश्य, विधाAbstract
प्रस्तुत अनुसन्धनात्मक लेख पूर्वआधुनिक नेपाली पद्य साहित्यको अध्ययन विश्लेषणमा केन्द्रित रहेको छ । मध्यपश्चिम विश्वविद्यालय, ग्य्राजुएट स्कुल अफ एजुकेसन बी.एड.तह प्रथम सेमेस्टरको पाठ्यक्रममा नेपाली शिक्षा विशिष्टीकरण विषयका रुपमा पूर्वआधुनिक नेपाली पद्य साहित्यलाई पाठ्याशंमा सामावेश गरिएको छ । यस अध्ययनमा पद्य विधा अन्तर्गत समावेश गरिएका साहित्यिक कृतिहरू केन्द्रीय कथ्य, भाव/विचार, आयाम, भाषाशैलीका आधारमा के कति उपयुक्त छन् भनी अध्ययन विश्लेषणमा केन्द्रित रहेको छ । यो अध्ययनलाई पूरा गर्न वर्णनात्मक विधि र गुणात्मक अनुसन्धान ढाँचामा द्वितीय स्रोतलाई आधार मानिएको छ । शैक्षिक वर्ष २०६९÷०७० देखि स्नातक तह प्रथम सेमेष्टरमा ऐच्छिक नेपाली विषय (नेपा.शि.४१४) को पूर्व आधुनिक नेपाली साहित्य विषयको पाठ्याशं अन्तर्गतका ३ वटा कवितालाई अध्ययनको मुख्य आधार बनाइएको छ । यस अध्ययनका लागि पुस्तकालय विधिको प्रयोग गरिएको छ । उक्त पद्य साहित्यलाई केन्द्रीय कथ्य, भाव/विचार, आयाम, भाषाशैली, सारतत्व र विधागत सचेतताका दृष्टिले वस्तुपरक विश्लेषण गरी कविता सम्बन्धित तहका लागि उपयुक्त रहेको निष्कर्ष निकालिएको छ । यसमा कविता विधा, साहित्यिक कृति, भाव/विचार, सारतत्व, भाषाशैली, आयामलाई प्रमुख शब्दावलीको मूल आधार बनाइएको छ ।