शाकुन्तल महाकाव्यको प्रतिपाद्य विषय

Authors

  • यादव प्रसाद शर्मा

DOI:

https://doi.org/10.3126/jdr.v9i1.69049

Keywords:

आर्यसंस्कृति, आध्यात्मिक, ईश्वरीयता, जीवन्मुक्ति, दिव्यता

Abstract

महाकवि लक्ष्मीप्रसाद देवकोटाको शाकुन्तल महाकाव्यको मूल प्रतिपाद्य विषयको पहिचानमा केन्द्रित प्रस्तुत अनुसन्धानात्मक लेखका निम्ति आवश्यक सामग्रीको सङ्कलन पुस्तकालयीय स्रोतका आधारमा गरिएको छ र सङ्कलित सामग्रीको विश्लेषण पाठविश्लेषण विधिका आधारमा गरिएको छ । मूलतः शाकुन्तल महाकाव्यको प्रतिपाद्य विषयको विश्लेषण गरिएको यस लेखमा शाकुन्तल महाकाव्यमा अतीतको सांस्कृतिक पुनराख्यानलाई विषयवस्तु बनाएर वर्तमानलाई पोषण प्रदान गरी सचेत, समृद्ध, सङ्कटमुक्त तथा मूल्यवान् बनाउने प्रयास गरिएको छ । यस महाकाव्यमा वर्तमान युगका मनुष्यलाई पूर्वीय अतीतको यात्री बनाई पूर्वीय प्राकृतिक सभ्यताको उषाकालतर्फ आकर्षित गर्ने प्रयत्न गरिएको छ । मनुष्यमा अन्तर्निहित सृष्टिको विलक्षणता र रहस्यलाई बोध गर्न सक्ने विलक्षण रहस्यमयी शक्तितर्फ सङ्केत गर्दै प्रकृति एवं मानवमै ईश्वरीयता अन्तर्निहित रहेको कुरा व्यञ्जित गर्नुका साथै सहज–स्वाभाविक प्राकृतिक जीवनका माध्यमबाट नै मानिस दिव्यतासम्म पुग्न सक्ने र भोग तथा तपको समन्वयबाट नै जीवनको परिपूर्णता प्राप्त गर्न सक्ने विचार व्यञ्जित गरिएको छ । भौतिक भोगसाधना तथा आध्यात्मिक योगसाधनाको द्वन्द्वमा आध्यात्मिक र भौतिक शक्तिका बिच सन्तुलन÷सामन्जस्य कायम गर्दै भौतिक शक्ति क्रमशः आत्मिक शक्तितर्फ उन्मुख भएको देखाउनु शाकुन्तलको प्रतिपाद्य विषयवस्तुको महŒवपूर्ण पक्ष हो । यस महाकाव्यले जीवन–जगत्को विराट् अभिव्यञ्जन, भौतिक–प्राकृतिक जगत्, नागरजीवन, तपोवन, राजगाथा, ऋषिगाथा, भौतिक आध्यात्मिक मूल्यका आरोह–अवरोहका साथै दुष्यन्त र शकुन्तलाको मिलन, विरह र पुनर्मिलनको चित्रण गरेको छ । दुष्यन्त तथा भरतको शासनकालको भारतवर्षीय आर्यसंस्कृति तथा सभ्यताको अभ्युदयलाई देखाउनु नै ‘शाकुन्तल’ महाकाव्यको मूल प्रतिपाद्य विषय हो भन्ने यस लेखको निष्कर्ष रहेको छ ।

Downloads

Download data is not yet available.
Abstract
47
PDF
32

Downloads

Published

2024-08-29

How to Cite

शर्मा य. प. (2024). शाकुन्तल महाकाव्यको प्रतिपाद्य विषय. Journal of Development Review, 9(1), 170–180. https://doi.org/10.3126/jdr.v9i1.69049

Issue

Section

Articles