मोफसलको छापा पत्रकारिताको ऐतिहासिक दिग्दर्शन

Authors

  • शिवशरण ज्ञवाली

DOI:

https://doi.org/10.3126/jdr.v9i1.69045

Keywords:

उत्स, तत्वमीमांसा, अभिलेखन, चरैवेती, पाक्षिक

Abstract

प्रस्तुत लेख मोफसलको पत्रकारिताको विवरणात्मक इतिहाससँग सम्बन्धित छ । नेपालको मोफसलमा छापा पत्रकारिताको इतिहास के कसरी विकास भएको छ भन्ने मुख्य समस्यामा आधारित रहेर लेख तयार गरिएको छ । त्यसैले लेखले मोफसलको छापा पत्रकारिताको इतिहासको सामान्य दिग्दर्शन प्रस्तुत गर्ने उद्देश्य राखेको छ । यसमा पुस्तकालय कार्यका माध्यमबाट प्राथमिक सामग्री र द्वितीयक सामग्री खोजी गरिएको छ । प्राथमिक सामग्री पत्रकारिताको इतिहाससँग सम्बन्धित पुस्तक, पत्रपत्रिका आदि रहेका छन् भने द्वितीय सामग्रीमा साहित्येतिहाससँग सम्बन्धित साहित्य इतिहासको विवरण रहेको छ । प्राथमिक सामग्रीको गुणात्मक पद्धतिका आधारमा विश्लेषण गरेर निष्कर्ष निकालिएको छ । वि. सं. २००८ मा पर्साको वीरगञ्जबाट प्रकाशित ‘सेवा’ साहित्यिक पत्रिकाबाट सुरु भएको नेपाली छापा पत्रकारिता अहिले देशका सातै प्रदेशका सबै जिल्ला र गाउँबाट समेत प्रकाशित हुन थालेको इतिहास पाइन्छ । प्रायशः साहित्यिक पत्रकारिताबाटै सुरु भएको मोफसलको पत्रकारिता अहिले सबै प्रदेश र जिल्लामा पुगिसकेको छ । वार्षिक, अर्धवार्षिक, मासिक, पाक्षिक, दैनिकजस्ता पत्रपत्रिकाको प्रकाशन मोफसलमा भइरहेको पाइन्छ । पत्रपत्रिका प्रकाशित हुने र बन्द हुने कारण पत्रकारिताको गुणात्मक विकासमा भने अवरोध रहेको भेटिन्छ । तर पनि देशव्यापी नै पत्रपत्रिकाको प्रकाशनको गतिविधि उत्साहजनक नै रहेको छ । पत्रपत्रिकाले स्थानीय पहिचानगत नामका अतिरिक्त मौलिक नामहरू राखेको पाइन्छ ।

Downloads

Download data is not yet available.
Abstract
143
PDF
80

Downloads

Published

2024-08-29

How to Cite

ज्ञवाली श. (2024). मोफसलको छापा पत्रकारिताको ऐतिहासिक दिग्दर्शन. Journal of Development Review, 9(1), 132–150. https://doi.org/10.3126/jdr.v9i1.69045

Issue

Section

Articles