‘असार’ कविताको सन्दर्भार्थ

Authors

  • यादवप्रसाद शर्मा

DOI:

https://doi.org/10.3126/jdr.v7i1.67025

Keywords:

असार, आवृत्ति, सन्दर्भ, लय, लाहुरे, विचलन

Abstract

प्रस्तुत लेखमा स्वच्छद्यतावादी–प्रगतिवादी भावधारा अन्तर्गत रहेर राष्ट्रिय एवं अन्तर्राष्ट्रिय विविध विकृति तथा विसङ्गतिप्रति तीव्र व्यङ्य तथा विद्रोहको भाव प्रकट गर्ने आधुनिक नेपाली कविताका विशिष्ट प्रतिभाशाली कवि भूपि शेरचनको ‘असार’ कविताको सङ्कथन विश्लेषण गरिएको छ । विवेचनाका लागि आवश्यक सैद्धान्तिक सामग्रीको सङ्कलनका निम्ति पुस्तकालयीय सामग्रीसङ्कलन विधिको प्रयोग गरिएको छ । यस क्रममा सर्वप्रथम कविको सामान्य परिचयका साथै सङ्कथन एवं सङ्कथन विश्लेषणको सामान्य परिचय पनि दिइएको छ । त्यसपछि कविताको सन्दर्भार्थ (सहभागी सन्दर्भ, स्थान सन्दर्भ, समय सन्दर्भ, विषय सन्दर्भ) तथा लयविधान (पङ्क्तिविन्यास, समानान्तरता÷आवृत्ति, विचलन आदि) को विश्लेषण गरी ‘असार’ कविता असार महिनासँग लाहुरेलाई र लाहुरेसँग असार महिनालाई तुलना गरेर दुवैका आगमनको समरूपतालाई सशक्त एवं कलात्मक रूपमा अभिव्यक्त गरिएको कलात्मक गद्य कविता रहेको निष्कर्ष दिइएको छ ।

Downloads

Download data is not yet available.
Abstract
12
PDF
5

Downloads

Published

2022-12-31

How to Cite

शर्मा य. (2022). ‘असार’ कविताको सन्दर्भार्थ. Journal of Development Review, 7(1), 107–115. https://doi.org/10.3126/jdr.v7i1.67025

Issue

Section

Articles