बालकृष्ण समका कवितामा जीवनसम्बन्धी चिन्तन
DOI:
https://doi.org/10.3126/jdr.v7i1.67024Keywords:
निवृत्ति, विषयभोग, क्षणभङ्गुर, चैतन्य, ब्रह्म, साक्ष्यAbstract
जीवन र जगत्को वास्तविकतालाई बुझ्ने प्रयासबाटै पूर्वीय दर्शनको प्रादुर्भाव भएको हो । मूलतः जीवनमा आइपर्ने समस्या र ती समस्याहरूबाट निवृत्त हुने उपायको खोजी गर्दै मानवीय जीवनयात्रालाई सुखमय बनाउने उपक्रममा लाग्नु वैदिक दर्शनहरूको मुख्य लक्ष्य हो । मानिसहरू जीवनलाई आ–आफ्नै अनुकूलता र क्षमताअनुसार अथ्र्याउने र परिभाषित गर्ने गर्दछन् तर पूर्वीय मनीषीहरूले जीवनको वास्तविक रहस्य पत्ता लगाउने र बुझ्ने उमक्रममै आफ्नो सम्पूर्ण जीवन व्यतीत गरेका छन् । पौरस्त्य दर्शनहरूमा संसारलाई दुःखको सागर र सांसारिक जीवलाई त्यही सागररूपी दुःखमा डुबुल्की मार्ने विवश र परवश प्राणी मानिएको छ । अनेक प्रकारका सांसारिक दुःख एवं बन्धनबाट घेरिएको जीवलाई दुःखको निवृत्ति र बन्धनबाट मुक्तिको मार्ग निर्देशन गर्ने काम वैदिक दर्शनहरूले गरेका छन् । यहाँ वैदिक दर्शनकै सापेक्षतामा कवि बालकृष्ण समका कवितामा जीवनसम्बन्धी चिन्तन कसरी प्रस्तुत भएको छ भन्ने कुराको खोजी र विभिन्न साक्ष्यका आधारमा तिनको पुष्टि गर्ने काम गरिएको छ ।