हिन्दु धर्मका आधारमा महिलाको जीवनमा भइरहेको विभेद : एक समाजशास्त्रीय विश्लेषण

Authors

  • नारायणी देवकोटा

DOI:

https://doi.org/10.3126/jdr.v7i1.67023

Keywords:

समाजशास्त्रीय परिकल्पना,, प्रतिविम्वित समाजशास्त्र, धर्मको समाजशास्त्र,, लैगिंक विभेद

Abstract

यो लेख समाजशास्त्र विषयमा धर्मको अध्ययन, हिन्दु धर्म सम्प्रदायमा जन्मिएकी लेखकले देखेको सुनेको र भोगेको आफ्नो वरिपरिको समाजको सन्दर्भलाई प्रतिविम्वित समाजशास्त्र (रिफ्लेक्टिभ सोसियलजी)को सैद्धान्तिक आधारमा आधारित भएर तयार गरिएको हो । लेख तयार पार्ने क्रममा महिलासँग सम्बन्धित हिन्दु धर्म ग्रन्थका सन्दर्भ, समाजशास्त्रमा धर्मको व्याख्यालाई तथ्यहरू संकलनको द्वितीय स्रोतको रूपमा प्रयोग गरिएको छ । त्यसै गरी तथ्यहरू संकलनको प्राथमिक स्रोतको लागि लेखक जन्मिएको हिन्दु धर्म शास्त्र नियमित सुन्ने—सुनाइने कथाहरू र कर्मकाण्ड विधिलाई लिईएको छ । लेख लेख्नको लागि सैद्धान्तिक रूपमा समाजशास्त्रका दुई सिद्धान्त पियरे वोर्दियुको प्रतिविवित समाजशास्त्र र सि राईट मिल्सको समाजशास्त्रीय परिकल्पनालाई आधारको रूपमा लिईएको छ । जस अनुसार वोर्दियुको प्रतिविम्वित समाजशास्त्रको सैद्धान्तिक आधारमा धर्म शास्त्रले आफ्नै जीवन र वरिपरिका मानिसमा पारेका प्रभावसँग जोडिएको छ भने । सि राइट मिल्सको समाजशास्त्रीय परिकल्पनाको सैद्धान्तिक आधारमा ब्यक्तिको जीवनीको आँखिभm्यालबाट समग्र समाज नियाल्ने कोशिष गरिएको छ । जस अनुरूप आम हिन्दु महिलाको जीवनमा परम्परा देखि वर्तमान समय सम्म धर्मले पारेका प्रभावलाई एउटा हिस्साका रूपमा लेखक स्वयंलाई लिईएको छ ।
अध्ययनका क्रममा हिन्दुधर्म ग्रन्थको ब्याख्या निश्चित रूपमा एकल जातिय पुरुषद्धारा मात्र ब्याख्या (वा अपब्याख्या सहित) गरिएको हुँदा इतिहासको लामो समय धर्म ग्रन्थमा अरु समुदायसँगै महिलाका पहुँच थिएन । तर धर्मको ब्याख्यामा महिलाको पहुँच नभए पनि महिलाको जीवनको सुरुवात देखि मृत्यु पर्यन्त सम्म महिलाले विभिन्न विभेद भोग्न परेको पाईन्छ ।

Downloads

Download data is not yet available.
Abstract
8
PDF
5

Downloads

Published

2022-12-31

How to Cite

देवकोटा न. (2022). हिन्दु धर्मका आधारमा महिलाको जीवनमा भइरहेको विभेद : एक समाजशास्त्रीय विश्लेषण. Journal of Development Review, 7(1), 89–98. https://doi.org/10.3126/jdr.v7i1.67023

Issue

Section

Articles