चेतना’ र ‘जागा नहोऊ, सुत’ एकाङ्कीमा मनोविश्लेषणात्मक नारीवाद
DOI:
https://doi.org/10.3126/jdr.v8i1.57147Keywords:
अन्धआज्ञापराणता, अस्पृश्य, आदिम मनोभाव, कुण्ठित, मनोविकारAbstract
मानव जातिको आदिम इतिहास मातृसत्तात्मक थियो । केही प्राचीन जनजातिमा पिताको नामबाट नभएर माताको नामबाट वंशावली बनाउने प्रथा थियो। अचेल पनि केही जङ्गली जातिमा यो प्रथा कायमै देखिन्छ । जब कृषि युग सुरु भयो तब परिवार, निजी स्वामित्व र राज्यको उत्पत्ति आरम्भ भयो। समयक्रमसँगै पितृसत्तात्मक समाज र परिवारको अभ्युदय भयो । यस पश्चात् नारी उत्पीडितवर्ग बन्न पुगे । धर्मलाई आधार बनाएर बनेका राजनीतिक र सामाजिक नीति–नियमले नारीउत्पीडन र नारीहिंसालाई प्रोत्साहित गरायो। अठारौं शताब्दीमा फ्रान्समा भएको औद्योगिक क्रान्तिदेखि आजसम्म विश्वमा नारीमुक्तिका लागि अनकौँ आन्दोलनहरू भए तापनि नारीले पुरुषसरह हक र अधिकार उपभोग गर्न नपाएको स्थिति छ । आजसम्म पनि नारी हिंसा र उत्पीडनका घटनाहरू घटिनै रहेका पाइन्छन्। आजको यो एक्काइसौँ शताब्दीको उत्तराद्र्धसम्म आइपुग्दा जनसङ्ख्याको साक्षरतादरका साथै नारीको कार्यकुशलता आदि पनि बढेको पाइन्छ तापनि नारीहिंसा र उत्पीडनका घटना घटिरहेकै देखिन्छन्। यसमा पात्रको मनोवैज्ञानिक अवस्थाको विशेष भूमिका रहने हुँदा यस लेखमा विवेच्य कृति ‘चेतना’ र ‘जागा नहोऊ, सुत’ एकाङ्कीका पात्रहरूको मनावैज्ञानिक अवस्थाको चित्रण के कस्तो रूपमा चित्रित गरिएको छ ? भन्ने मूल प्राज्ञिक समस्यालाई अगाडि सार्दै एकाङ्कीका पात्रहरूको मनोवैज्ञानिक अवस्थाको चित्रण गर्नु उद्देश्य राखिएको छ । लैङ्गिक विभेदपूर्ण मनोविज्ञानको हस्तान्तरणको एक प्रमुख कारण मान्दै प्रस्तुत लेखमा जयन्ती ‘स्पन्दन’ र विजया ‘स्मृति‘को संयुक्त लेखनमा प्रकाशित ‘दिदीबहिनी’ एकाङ्की सङ्ग्रहमा समावेश ‘चेतना’ र ‘जागा नहोऊ, सुत’ शीर्षकको एकाङ्कीमा रहेका पात्रहरूका मनोविज्ञानका आधारमा मनोवैज्ञानिक नारीवादको अध्ययन गरिएको छ । पुरुषवादी सोचको निरन्तरता लैङ्गिक असमानतापूर्ण मनोवैज्ञानिक हस्तान्तरणको उपज हो र अभिभावकीय व्यवहारको चापप्रतिचापअनुरुप बालमस्तिष्कमा मनोभाव उत्पन्न हुने हुँदा यसमा सचेत र सजग रहेमा समाजमा लैङ्गिक समानताको अवस्था आउन सक्छ भन्ने निष्कर्ष यस लेखमा निकालिएको छ ।