हाइकु कविताको रचनाविधान : नेपाली परम्परा र विकास {Composition of Haiku Poetry: Nepali Tradition and Development}

Authors

  • षडानन्द Shanananda पौड्याल Poudyal Saraswati Multiple Campus, TU सरस्वती बहुमुखी क्याम्पस, त्रिभुवन विश्वविद्यालय

DOI:

https://doi.org/10.3126/jdr.v5i1.51441

Keywords:

हाइकु, संरचना विधान, परम्परा, त्रिपदी रचना, आक्षरिक विधान, Haaiku, parampara, samrachana Bidhan

Abstract

जापानी साहित्यको इतिहासमा सन् १६०३ देखि १८६८ सम्मको समयलाई इदोयुग भनिन्छ । यस समयमा जापानमा हाइकाई नामका लघु कविता लेख्ने परम्परा रहेको थियो भने एकतिस अक्षरमा संरचित हुने होक्कु पनि लेखिन्थ्यो । होक्कुको पहिलो पङ्क्तिका तीन हरफलाई केन्द्र मानेर कविता साहित्यमा स्वतन्त्र विधा स्वीकार गर्दा सत्र अक्षर भएको त्रिपदीहाइकु कविताको जन्म भएको हो । माचुओ बासोले जापानी वाङ्मयमा विस्तार गरेको हाइकु कविताको संरचना विधान स्वीकार गरी नेपाली साहित्यमा शङ्कर लामिछानेले वि.सं २०१९ मा रूपरेखा पत्रिकामा सूर्योदय शीर्षकमा सर्वप्रथम हाइकु प्रकाशन गरेका थिए । वैदिक वाङ्मयदेखि नै त्रिपदी संरचना भएका कविताका बारेमा चर्चा भएको पाइए पनि यिनलाई हाइकु स्वीकार गरिएको थिएन । नेपाली साहित्यमा हाइकुको प्रारम्भ भएको समयदेखि वर्तमान समयसम्म हाइकु विषयक चर्चा एवम् तिनको सर्वेक्षण गरी हाइकु कविताको रचनाविधान र परम्परा पहिल्याउने अभीष्ट यस लेखमा राखिएको छ ।

Downloads

Download data is not yet available.
Abstract
27
PDF
20

Downloads

Published

2020-12-31

How to Cite

पौड्याल Poudyal ष. S. (2020). हाइकु कविताको रचनाविधान : नेपाली परम्परा र विकास {Composition of Haiku Poetry: Nepali Tradition and Development}. Journal of Development Review, 5(1), 181–192. https://doi.org/10.3126/jdr.v5i1.51441

Issue

Section

Articles