ऋतुविचार खण्डकाव्यमा मोक्षचिन्तन {Mokshachintan in Rituvichara Khandakavya}
DOI:
https://doi.org/10.3126/jdr.v5i1.51434Keywords:
मोक्ष, पौरस्त्य दर्शन, निर्वाण, उपनिषद्, upanishad, paurastya darshan, mokshya, NirvanAbstract
प्रस्तुत लेखमा लेखनाथ पौड्यालद्वारा रचित ऋतुविचार खण्डकाव्यलाई पौरस्त्य आध्यात्मिक दर्शनका मोक्षसम्बन्धी सैद्धान्तिक स्थापनाका आधारमा विवेचना गरिएको छ । विवेचनाका लागि आवश्यक सामग्रीको सङ्कलनका निम्ति पुस्तकालयीय सामग्री सङ्कलन विधिको प्रयोग गरिएको छ । यस सन्दर्भमा मोक्षसम्बन्धी सिद्धान्तको गहिराइको बोध गर्नका निम्ति क्रमशः उपनिषद्, साङ्ख्य, योग, न्याय, वैशेषिक, मीमांसा, वेदान्त र बौद्ध दर्शनका मोक्षसम्बन्धी स्थापनाहरूको अनुशीलन गरीमोक्ष भनेको के हो ? भन्ने कुरा प्रस्ट पारिएको छ । उपर्युक्त सबै दर्शनले मोक्षमाथि प्रकाश पार्ने प्रयत्न गर्दा प्रयोग गरिएका पद, पदावली, उपमान आदिका साथै अभिव्यक्तिको पद्धतिमा केही भिन्नता भए पनि सङ्केत गर्न खोजिएको कुरा एउटै भएको तथा यसलाई स्वयं अपरोक्षानुभूति नगरेसम्म पूर्ण रूपमा ज्ञात नहुने र अपरोक्षानुभूतिपछि पनि पूर्णरूपमा निर्वचनीय नरहेको कुरा प्रस्ट पारिएको छ । त्यसपछि ऋतुविचार खण्डकाव्यको सूक्ष्मपठन गरेर मोक्षसम्बन्धी चिन्तन अभिव्यञ्जित केही प्रमुख श्लोकहरू ठम्याई पौरस्त्य आध्यात्मिक दर्शनको केन्द्रविन्दुका रूपमा रहेको मोक्षसम्बन्धी सैद्धान्तिक स्थापनाका आधारमा विवेचना गर्दै खण्डकाव्यमा विषयगत विम्बहरूका रूपमा पूर्वीय दर्शनका मोक्षसम्बन्धी बिम्बहरू प्रशस्त प्रयोग भएकाले खण्डकाव्यका विभिन्न अंशमा मोक्षचिन्तन पनि कलात्मक उपकरणका रूपमा प्रभावकारी रूपमा आएको निचोड दिइएको छ ।