देउखुरी बहुमुखी क्याम्पसद्वारा उत्पादित जनशक्ति खपतको अवस्था

Authors

  • Khopendra Gyawali देउखुरी बहुमुखी क्याम्पस लमही, देउखुरी दाङ
  • Sudhir Kumar Adhikari देउखुरी बहुमुखी क्याम्पस लमही, देउखुरी दाङ https://orcid.org/0009-0002-1491-1246

Keywords:

देउखुरी बहुमुखी क्याम्पस, शैक्षिक जनशक्ति, गुणस्तरीय शिक्षा

Abstract

प्रस्तुत अध्ययन देउखुरी बहुमुखी क्याम्पसको उत्पादित जनशक्तिसँग सम्बन्धित छ ।  देउखुरी बहुमुखी क्याम्पसबाट आफ्नो औपचारिक अध्ययन पूरा गरी स्नातक तथा स्नातकोत्तर तह उत्तीर्ण शैक्षिक जनशक्तिमध्ये कति संख्यामा खपत भएका छन् र खपत भएका जनशक्तिको लैङ्गिक वितरण के–कस्तो रहेको छ, कुन–कुन तह र निकायमा कार्यरत रहँदै आएका छन् भन्ने बारेमा यस लेखमा खोजी गरिएको छ । समुदायप्रति क्याम्पसको योगदान के कति रह्यो भनी विश्लेषणात्मक अध्ययन गर्ने उद्देश्यका साथ अगाडि बढाइएको प्रस्तुत अनुसन्धनात्मक लेखमा मूलतः परिमाणात्मक अनुसन्धानका साथै गुणात्मक पद्धति अवलम्बन गरिएकोले मिश्रित ढाँचा अपनाइएको छ । प्राप्त तथ्याङ्कका आधारमा तालिका एवं चित्रको माध्यमबाट वर्णनात्मक एवं विवरणात्मक विश्लेषण गरी निष्कर्षमा पुगिएकोछ । देउखुरी बहुमुखी क्याम्पसबाट उत्पादित जनशक्तिमध्ये देउखुरी उपत्यकामा मात्र कार्यरत १५१ जनामध्ये लमही नगरपालिकामा ७६ जना, गढवा र राप्ती गाउँपालिकामा ३२–३२ जना र राजपुर गाउँपालिकामा ११ जना कार्यरत रहेका छन् । जसले गर्दा यस क्याम्पसले उच्च शिक्षित र गुणस्तरीय जनशक्ति उत्पादन गर्न सफल भएको प्रमाणित हुन्छ ।

Abstract
105
PDF
0

Author Biographies

Khopendra Gyawali, देउखुरी बहुमुखी क्याम्पस लमही, देउखुरी दाङ

उपप्राध्यापक

Sudhir Kumar Adhikari, देउखुरी बहुमुखी क्याम्पस लमही, देउखुरी दाङ

उपप्राध्यापक

Downloads

Published

2025-06-24

How to Cite

देउखुरी बहुमुखी क्याम्पसद्वारा उत्पादित जनशक्ति खपतको अवस्था. (2025). Journal of Deukhuri Multiple Campus, 3(4), 82-89. https://doi.org/10.3126/jdmc.v3i4.80564

Issue

Section

Articles

How to Cite

देउखुरी बहुमुखी क्याम्पसद्वारा उत्पादित जनशक्ति खपतको अवस्था. (2025). Journal of Deukhuri Multiple Campus, 3(4), 82-89. https://doi.org/10.3126/jdmc.v3i4.80564