नेपाली आधुनिक कथाको अध्ययन

Authors

  • Bhagawati Basyal पूर्वखोला, पाल्पा

DOI:

https://doi.org/10.3126/jdmc.v3i4.80562

Keywords:

आदर्शोन्मुख यथार्थवादी धारा, नारीवादी दृष्टिकोण, अवसरवादी प्रवृत्ति, नवचेतनावादी धारा, समसामयिक धारा, स्वार्थी प्रेम र लैङिगक असमानता

Abstract

यस लेखमा नेपाली कथाको ऐतिहासिक विकासक्रमलाई कालक्रमिक रूपमा विश्लेषण गरिएको छ । कथाको उत्पत्ति मानव सभ्यताको प्रारम्भदेखि नै भएको देखिन्छ, जुन लोकपरम्परा र प्राचीन ग्रन्थहरू जस्तैः वेद, उपनिषद्, पञ्चतन्त्र आदि मार्फत विकसित भएको हो । नेपाली कथाको लिखित परम्परा शक्ति वल्लभ अज्र्यालको महाभारत विराट पर्व (वि.सं. १८२६) पछि सुरु भएको मानिन्छ । कालखण्डलाई प्राथमिक (लोककथा, नीतिकथा), माध्यमिक १९५८–१९९१, शृङ्गारिक कथा) र आधुनिक (१९९२– हाल) कालमा विभाजन गरिएको छ । गुरुप्रसाद मैनालीको नासो (१९९२) ले आधुनिक यथार्थवादी धाराको सुरुवात गर्यो । २०२०–२०३० सम्म नवचेतनावादी कथा प्रचलित भए भने २०४० देखि समसामयिक विषयवस्तु (राजनीति, बेरोजगारी, सामाजिक विकृति) कथामा उत्कृष्ट रूपमा समावेश भएको छ । यसरी नेपाली कथाले सामाजिक यथार्थलाई प्रतिबिम्बित गर्दै साढे सात दशकको विकास यात्रा पूरा गरिसकेको छ । 

Downloads

Download data is not yet available.
Abstract
72
PDF
46

Downloads

Published

2025-06-24

How to Cite

Basyal, B. (2025). नेपाली आधुनिक कथाको अध्ययन. Journal of Deukhuri Multiple Campus, 3(4), 77–81. https://doi.org/10.3126/jdmc.v3i4.80562

Issue

Section

Articles