चाणक्य र मार्क्सको राजनीतिक सिद्धान्तको तुलनात्मक अध्ययन

Authors

  • Janak BK शान्तिनगर, भलानेटी, दाङ

DOI:

https://doi.org/10.3126/jdmc.v3i4.80557

Keywords:

कौटिल्य, माक्र्सवाद, राजनीति

Abstract

प्रस्तुत शोध लेखलमा चाणक्यको अर्थशास्त्र र कार्ल माक्र्सको माक्र्सवादमा आधारित राजनीतिक सिद्धान्तहरूको छोटो रूपमा तुलनात्मक अध्ययन गरिएको छ। चाणक्यले तत्कालिन भारतीय सभ्यताका लागि प्रस्ताव गरेको राजनीतिक, आर्थिक र प्रशासनिक सिद्धान्त र माक्र्सले औद्योगिक क्रान्तिपछिको पश्चिमी समाजका लागि प्रस्ताव गरेका वर्ग संघर्ष र आर्थिक व्यवस्थाका सिद्धान्त बिचको सैद्धान्तिक र व्यवहारिक अन्तर खोज्ने प्रयत्न यस अध्ययनमा गरिएको छ । यस शोधलेखमा तुलनात्मक अध्ययनमार्फत दुवै बीचारधाराको राजनीतिक, सामाजिक र आर्थिक दृष्टिकोणहरूमा रहेको समानता र भिन्नतालाई स्पष्ट पार्ने प्रयास गरिएको छ । यसका साथै, यी सिद्धान्तहरूको वर्तमान समयका राजनीतिक प्रणाली, सामाजिक न्याय र आर्थिक व्यवस्थापनमा रहेको महत्वलाई पनि प्रकाश पारिएको छ । यो अध्ययन गुणात्मक विधिमा आधारित छ, जहाँ ऐतिहासिक, तुलनात्मक र सैद्धान्तिक विश्लेषणको प्रयोग गरी चाणक्य र माक्र्सका सिद्धान्तको व्याख्या गरिएको छ । चाणक्यको सिद्धान्त व्यवहारिक, कूटनीतिक र शासन प्रणालीमा आधारित रहेको र माक्र्सको सिद्धान्त वर्ग संघर्ष र उत्पादन प्रणालीमा आधारित रहेको अध्ययनबाट देख्न सकिन्छ । यो शोधलेखमा यी दुवै सिद्धान्तहरूले राजनीतिक दर्शनलाई नयाँ दृष्टिकोण प्रदान गरेका छन् र वर्तमान राजनीतिमा तिनीहरूको सान्दर्भिकता अझै महत्वपूर्ण छ, भन्ने कुराको निष्कर्ष दिन खोजिएको छ ।    

Downloads

Download data is not yet available.
Abstract
77
PDF
37

Downloads

Published

2025-06-24

How to Cite

BK, J. (2025). चाणक्य र मार्क्सको राजनीतिक सिद्धान्तको तुलनात्मक अध्ययन. Journal of Deukhuri Multiple Campus, 3(4), 54–64. https://doi.org/10.3126/jdmc.v3i4.80557

Issue

Section

Articles