खसानी नेपालीमा प्रचलित शब्दावलीहरु

Authors

  • Shiva Oli देउखुरी बहुमुखी क्याम्पस लमही, देउखुरी, दाङ

DOI:

https://doi.org/10.3126/jdmc.v3i4.80549

Keywords:

खसानी उपभाषिका, भाषिक विविधता, वैदिक संस्कृत, पूर्वीय दर्शन, सांस्कृतिक चेतना

Abstract

खसानी उपभाषिका नेपाली भाषाको क्षेत्रीय भाषिक भेद हो, जुन मध्य–पश्चिमका जिल्लाहरूमध्ये सुर्खेत, जुम्ला, सल्यान र आसपासका क्षेत्रहरूमा बोलिन्छ । नेपाली भाषाकै उपभेद भएकाले यसको उच्चारण, शब्दावली र वाक्य संरचनामा प्रशस्त भिन्नताहरू छन् । खसानी उपभाषिका प्राचीन संस्कृत र स्थानीय जनजातीय भाषाहरूको मिश्रण हो, जसले यसलाई अन्य क्षेत्रीय भेदबाट विशिष्ट बनाएको छ । खसानी उपभाषिकामा संस्कृतका शब्दहरूको प्रचलन पनि प्रचुर मात्रामा छ, विशेष गरी धार्मिक र दार्शनिक सन्दर्भमा यसको प्रयोग देख्न सकिन्छ । उदाहरणका लागि, “ब्रह्मा”, “धर्म” जस्ता शब्दहरू खसानीमा प्रशस्तै छन् । साथै, यसमा स्थानीय जनजीवन र परिवेशसँग मेल खाने विशिष्ट शब्दवली र उच्चारणको लवजमा पनि मौलिकता पाइन्छ । यस उपभाषिकामा बोलिने शब्दहरूको विविधता, शुद्धता र शैलीका आधारमा स्थानीय पहिचान र सामाजिक संरचनाको प्रतिविम्ब पनि देखिन्छ । यो उपभाषिका, भाषिक र सांस्कृतिक धरोहरको रूपमा महत्वपूर्ण देखिएकाले यसको संरक्षणका लागि विभिन्न प्रयासहरू समेत आवश्यक छ । स्थानीय विद्यालयहरू, शोध संस्थाहरू र सरकारी निकायहरूले खसानी उपभाषिका र यसको भाषिक गुणस्तरको संरक्षणमा योगदान पुर्याउन सक्छन् । यसको समृद्धि र विकासका लागि समुदाय स्तरमा चेतना फैलाउने र खसानी भाषिकाका शब्दावलीहरूको संग्रहणको कार्य तत्काल गर्न जरुरी छ । संक्षेपमा भन्नु पर्दा, खसानी उपभाषिका नेपालको सांस्कृतिक र भाषिक विविधताको अभिन्न अंश हो, जसलाई संरक्षण र प्रवर्धन गर्न आवश्यक देखेर यसका शब्दावलीको खोज गरी विश्लेषण गरिएको छ । 

Downloads

Download data is not yet available.
Abstract
77
PDF
56

Author Biography

Shiva Oli, देउखुरी बहुमुखी क्याम्पस लमही, देउखुरी, दाङ

उपप्राध्यापक

Downloads

Published

2025-06-24

How to Cite

Oli, S. (2025). खसानी नेपालीमा प्रचलित शब्दावलीहरु. Journal of Deukhuri Multiple Campus, 3(4), 25–35. https://doi.org/10.3126/jdmc.v3i4.80549

Issue

Section

Articles