कृति विश्लेषणको सन्दर्भपरक आधार
DOI:
https://doi.org/10.3126/jdmc.v3i4.80547Keywords:
सन्दर्भता, उदभावनात्मक सन्दर्भ, अन्तर्वैयक्तिक सन्दर्भ, भाषिक सन्दर्भAbstract
प्रस्तुत लेख कृति विश्लेषणको आधारमा केन्द्रित रहेको छ । यस लेखको प्रमुख उद्देश्य कृति विश्लेषणको सन्दर्भपरक आधार प्रस्तुत गर्नु रहेको छ भने यसका विशिष्ट उद्देश्यका रूपमा कृति विश्लेषणको उद्भावनात्मक, अन्तर्वैयक्तिक र भाषिक सन्दर्भगत आधार प्रस्तुत गर्नु रहेका छन् । यस अध्ययनमा गुणात्मक अध्ययन विधिको प्रयोग गरिएको छ । यस क्रममा मूलतः द्वितीयक स्रोतका सामग्रीहरूको उपयोग गरिएको छ । यस अध्ययनमा पुस्तकालयीय कार्यका माध्यमबाट नेपाली तथा अङ्ग्रेजी सैद्धान्तिक सामग्रीहरूको सङ्कलन र अध्ययन गरिएको छ । कृति विश्लेषणका अन्य आधारहरूको चर्चा, परिचर्चा भइरहेको परिवेशमा कृति विश्लेषणको सैद्धान्तिक आधार अध्ययनबाट नवीन तथ्य प्रस्तुत गरिएको छ । यस अध्ययनबाट कृति विश्लेषणका लागि सन्दर्भपरक आधारलाई उपयोग गर्न सकिने, सन्दर्भपरक आधारअन्तर्गत उद्भावनात्मक सन्दर्भ, अन्तर्वैयक्तिक सन्दर्भ र भाषिक सन्दर्भ गरी मूलतः तीन ओटा सन्दर्भ पर्ने, यी सन्दर्भमध्ये उद्भावनात्मक सन्दर्भअन्तर्गत कृति वा रचनाको विषय क्षेत्र, अन्तर्वैयक्तिक सन्दर्भअन्तर्गत कृतिमा प्रयोग गरिने सहभागी र तिनको भूमिका पर्ने तथा भाषिक सन्दर्भअन्तर्गत कृतिमा प्रयुक्त भाषाशैली र त्यसको भूमिका पर्ने लगायतका निष्कर्ष निकालिएको छ । प्रस्तुत अध्ययन साहित्यिक कृति वा रचनालाई सन्दर्भपरक दृष्टिले अध्ययन गर्न चाहने जोकोहीका लागि पनि उपयोगी हुने ठानिएको छ ।