नेकपा माओवादीको भोजपुर आक्रमण २०६० को विश्लेष्णात्मक अध्ययन
DOI:
https://doi.org/10.3126/iimrjbc.v3i1.81408Keywords:
बिद्रोह, द्वन्द्व, आक्रमण, ध्वंस, सहादत, घाइते, अपहरणAbstract
यो अनुसन्धानले नेपाली जनयुद्ध (२०५२–२०६३) को सन्दर्भमा नेकपा (माओवादी) जनमुक्ति सेनाद्वारा २०६० सालको भोजपुर रिपिटर टावर आक्रमणको विश्लेषण गरेको छ । २००७ सालको जनक्रान्तिमा ऐतिहासिक भूमिका खेलेको भोजपुर, माओवादी रणनीतिमा विशेष प्राथमिकताको केन्द्र बन्यो । उक्त आक्रमणको सैनिक, सामाजिक–राजनीतिक, तथा मानवीय प्रभावहरूको अध्ययन गर्नु यस अनुसन्धानको उद्देश्य रहेको छ । यो अध्ययन गुणात्मक तथा परिमाणात्मक दुबै विधिको प्रयोगमा आधारित छ । जसमा प्राथमिक स्रोत र द्वितीयक स्रोतहरु जस्तै सरकारी प्रतिवेदन, समाचार र पूर्व प्रकाशित दस्तावेजहरूको आधारमा विश्लेषण गरिएको छ । यस अध्ययन अनुसार १००० भन्दा बढी लडाकुहरू सहभागी मध्ये योजनाबद्ध आक्रमणमा २७ जना जनमुक्ति सेनाका लडाकुहरू र ३२ जना राज्य सुरक्षा निकायका सदस्यहरूको मृत्यु भएको थियो । १६ जना लडाकुहरू र २२ जना सुरक्षाकर्मीहरू घाइते भएका थिए भने ११ जनालाई अपहरण गरिएको थियो । आक्रमणबाट जिल्ला प्रशासन कार्यालय, कारागार, टेलिकम र बैंक जस्ता पूर्वाधारहरू पूर्ण रूपमा ध्वस्त भए । संचार प्रणाली ध्वस्त हुँदा लामो समयसम्म जनसाधारण सूचना प्रवाहबाट वञ्चित हुन पुग्यो । भोजपुर आक्रमण माओवादी द्वन्द्वको एक महत्वपूर्ण रणनीतिक मोड थियो, जसले राज्य संरचनामाथि सशस्त्र दबाब सिर्जना गर्न मात्र नभई, जनताको बीचमा आफ्नो सशक्त उपस्थिति जनाउने उद्देश्य बोकेको थियो । सशस्त्र संघर्षले ल्याएको क्षेत्रीय राजनीतिक रूपान्तरणलाई स्पष्ट पार्ने कुरा यो अध्ययनको निष्कर्ष रहेको छ ।