शरणार्थी उपन्यासमा विधामिश्रण {Genremix in the Refugee Novel}

Authors

  • रेखा Rekha रेग्मी Regmi म्याग्दी बहुमुखी क्याम्पस

DOI:

https://doi.org/10.3126/iimrjbc.v1i1.67156

Keywords:

पत्रात्मकता, कविता, नाटक विधा, समालोचना

Abstract

प्रस्तुत लेख शरणार्थी उपन्यासमा विधामिश्रण मुख्य समस्याका केन्द्रित छ भने यही विषयको समाधानका लागि शरणार्थी उपन्यासमा केकस्तो विधामिश्रण पाइन्छ एवम्विधामिश्रणको प्रयोजन सम्बद्ध शोध्यप्रश्न निर्माण भएका छन् । गुणात्मक अनुसन्धान विधिमा तयार गरिने यस लेखका सामग्रीको स्रोत पुस्तकालय हो भने यो विश्लेषणात्मक विधि उपयोग भएको लेख हो । सामग्री विश्लेषणका लागि ज्याक डेरिडाको विनिर्माण तथा त्यसले स्थापित गरेको विधामिश्रणसँग सम्बन्धित अवधारणा सैद्धान्तिक पक्ष हो । विधामिश्रण संरचनावादी दर्शनले स्थापित मान्यता भन्दा पृथक् रचनालाई भञ्जन गरी पुर्नसंयोजन गरी पाठकको पठन गर्ने पाठपरक सिद्धान्त हो । संरचनावादले स्थापना गरेको भाषा र त्यसमा निहित सन्दर्भको केन्द्रीय अर्थ नै पाठको मुख्य भाव हुने तथा यो केन्द्रीय अर्थको अभिप्राय प्रत्येक भाषिक एकाइसम्म वितरित भएर रहने विषयको विपर्ययमा अर्थ निश्चित र निर्धारित नहुनु नै भाष्यको विशेषता हो भन्ने विनिर्माणिक अवधारणा नै विधामिश्रणको मुख्य सैद्धान्तिक आधार हो । संरचनावादको विधागत अन्तर्सम्बन्ध र सहकारिताको सिद्धान्तलाई उल्टाई एउटा कृतिमा आएका हरेक विधागत विशेषताको अभिव्यक्ति फरक पाठ हो भन्ने मान्यता शरणार्थी उपन्यासले अवलम्बन गरेको छ । यस उपन्यासमा समाख्याताले पूर्वकृतिका विषयमा समीक्षाका साथै त्यसप्रतिको स्वतन्त्र दृष्टिकोण प्रस्तुत गर्ने सन्दर्भमा आख्यानमा निबन्ध र समालोचनाको विधामिश्रण भएको छ । औपन्यासिक कथ्यसँग सरोकार नराखी स्वच्छन्द गायन वा अभिव्यक्तिको प्रस्तुतिका साक्ष्यका आधारमा आख्यानमा कविताको विधामिश्रण भएको पर्याप्त प्रमाण पाईने यस कृतिमा नाटकका अभिनेयात्मकता, संवाद, उपन्यासमा द्वन्द्व, आकस्मिकता तथा कतिपय सन्दर्भमा रञ्गमङ्च विधानको पनि उपस्थिति हुँदा ती स्थानमा नाटकको विधामिश्रण भएको विषयमा विमर्श भएको छ ।

Downloads

Download data is not yet available.
Abstract
22
PDF
12

Author Biography

रेखा Rekha रेग्मी Regmi, म्याग्दी बहुमुखी क्याम्पस

उपप्राध्यापक, नेपाली शिक्षा विभाग

Downloads

Published

2023-07-01

How to Cite

रेग्मी Regmi र. R. (2023). शरणार्थी उपन्यासमा विधामिश्रण {Genremix in the Refugee Novel}. Intellectual Inception: A Multidisciplinary Research Journal of Bhojpur Campus, 1(1), 141–155. https://doi.org/10.3126/iimrjbc.v1i1.67156

Issue

Section

Articles