पिँजराको प्यासा मैना कवितामा निहितार्थ {Implications in the poem Pinjarako Pyasa of the cage}

Authors

  • अनिल Anil अधिकारी Adhikari महेन्द्र मोरङ आदर्श बहुमुखी क्याम्पस, विराटनगर, त्रिभुवन विश्वविद्यालय

DOI:

https://doi.org/10.3126/iimrjbc.v1i1.67143

Keywords:

प्रतीकात्मक, सांसारिकता, क्रियाकलाप, सांस्कृतिक र उपादेयता निर्मिति

Abstract

यो लेख पिँजराको प्यासा मैना कवितामा निहितार्थ विश्लेषणसँग सम्बन्धित छ भने  यसमा सोही विषयलाई मुख्य समस्या चयन गरी प्रतिकात्मकता, सांसारिकता, क्रियाकलाप,  सामाजिक, सांस्कृतिक, सम्बन्धगत र उपादेयता निर्मितिजस्ता शोध्यसमस्या निर्धारित छन् ।  गुणात्मक अनुसन्धानविधि र पाठविश्लेषणकेन्द्री ढाँचामा तयार गरिएको यस लेखमा विश्लेषणको  सिद्धान्त निहितार्थ हो । निहितार्थ सङ्कथनमा रहेका सबै क्षेत्रसम्बद्ध रचनाको विश्लेषण गर्ने संरचनावादी भाषापरक अध्ययन पद्धति हो । पाठनिर्मापक एकाइका रूपमा भाषाले निर्माण गर्ने सन्दर्भका विविधस्वरूप तथा तिनको पारस्परिक अन्वयबाट प्रतिपादन हुने केन्द्रीय अर्थ नै निहितार्थ हो भने मुक्तकाकार पिँजराको प्यासा मैना कविता निहितार्थका कोणबाट अध्ययनीय सामग्री हो । सटीक र सारपूर्ण प्रतीक प्रयोग तथा त्यसकै अन्तर्यमा निर्माण भएको सांसारिकता र क्रियाकलाप कविताको केन्द्रीय अर्थनिर्मापक आधार बनेका छन् । नेपाली समाजको तत्कालीन सामाजिक र सांस्कृतिक निर्मितिको अभिव्यञ्जना रहेको यस कवितामा शब्दले निर्माण गर्ने सन्दर्भको पारस्परिक अन्वय संसक्ति र संयुक्तिगत रूपमा सशक्त रहेको छ । मानव बन्धकको उत्कर्ष रहेको समाज र सामाजिक व्यवहारबाट पार्थक्य लिई निर्वेदको अभिलाषा अभिव्यञ्जित यस कवितामा नेपाली समाजको वस्तुता प्रस्तुत गर्नु उपादेयता निर्मिति रहेको विषयमा विमर्श भएको छ ।

Downloads

Download data is not yet available.
Abstract
24
PDF
10

Author Biography

अनिल Anil अधिकारी Adhikari, महेन्द्र मोरङ आदर्श बहुमुखी क्याम्पस, विराटनगर, त्रिभुवन विश्वविद्यालय

उपप्राध्यापक
नेपाली, नेपाली शिक्षा र पत्रकारिता शिक्षण विभाग

Downloads

Published

2023-07-01

How to Cite

अधिकारी Adhikari अ. A. (2023). पिँजराको प्यासा मैना कवितामा निहितार्थ {Implications in the poem Pinjarako Pyasa of the cage}. Intellectual Inception: A Multidisciplinary Research Journal of Bhojpur Campus, 1(1), 99–112. https://doi.org/10.3126/iimrjbc.v1i1.67143

Issue

Section

Articles