नेपालमा राष्ट्रिय युवा नीति विकासक्रम (२०६६- २०८२) को विश्लेषणात्मक अध्ययन
Keywords:
राष्ट्रिय युवा नीति, युथ भिजन, युवा, सशक्तिकरण, उद्यमशीलता, नेतृत्वAbstract
नेपालको जनसङ्ख्याको ठूलो हिस्सा ओगट्ने युवाको सर्वाङ्गीण विकास गर्दै उनीहरूलाई राष्ट्रिय विकासको मूल प्रवाहमा समावेश गर्ने अभिप्रायले विभिन्न समयमा युवा नीतिहरू तर्जुमा गरिएका छन्। प्रस्तुत अध्ययनले राष्ट्रिय युवा नीति २०६६ , राष्ट्रिय युवा नीति २०७२ र राष्ट्रिय युवा नीति २०८२ को चरणवद्ध विकासक्रम, नीतिगत बिशेषता र समयसापेक्ष परिवर्तनको विश्लेषणात्मक अध्ययन गरेको छ। गुणात्मक विधि अन्तर्गत दस्तावेज र विषयवस्तु विश्लेषणमा आधारित यस अध्ययनले नेपालमा एकात्मक शासन व्यवस्थाबाट सङ्घीय संरचनातर्फ रूपान्तरण हुँदै गरेको युवा नीतिको विकासक्रमको लेखाजोखा गरेको छ।