ऋषिराज बरालका कथामा दलित मुक्तिचेतना

Authors

  • Usha Shrestha उपप्राध्यापक, रत्नराज्यलक्ष्मी क्याम्पस, त्रि.वि., नेपाल https://orcid.org/0009-0001-3243-1644

Keywords:

उत्पादनसम्बन्ध, आर्थिक शोषण, राजनीतिक चेतना, विद्रोह, मुक्तिचेतना

Abstract

ऋषिराज बराल प्रगतिवादी कथाकार हुन् । प्रस्तुत लेखमा उनका दलित विषयक …उद्घाटनÚ, …विकासको कुलोÚ, …कदमलाल ततमाको गीतÚ, …हारजितÚ र …सुन्दरे कामरेडले बल्ल कुरा बुझ्योÚ कथाहरूको अध्ययन गरिएको छ । प्रगतिवादी साहित्य वर्गीय हुनाले समाजका शोषित, उत्पीडित र श्रमजीवी वर्गले गर्ने सङ्घर्षको यथार्थ चित्रण र तिनीहरूप्रति सहानुभूति व्यक्त गर्दै तिनको मुक्तिको उद्देश्य राखेर लेखिने भएकाले दलित वर्गलाई यसले हेर्ने दृष्टिकोणलाई महत्त्वपूर्ण ठानिएको       छ । सामाजिक रूपमा बहिष्करणमा परेका दलितहरू आर्थिक रूपमा सबैभन्दा तल परेका छन् भने राजनीतिक रूपमा पनि उनीहरू शोषित, पीडित छन् । बरालका कथाहरूमा दलितका समस्यालाई कसरी उठान गरिएको छ र तिनको मुक्तिका निम्ति लेखकीय दृष्टिकोण के कस्तो रहेको छ भन्ने प्राज्ञिक जिज्ञासा नै प्रस्तुत अध्ययनको मूल समस्याको रूपमा रहेको छ । यसर्थ यस लेखमा सोको अध्ययन दलित मुक्तिचेतनाका कोणबाट गरिएको छ । दलित चेतनाका विभिन्न प्रतिमानहरू छन् । तीमध्ये दलित मुक्तिचेतना सम्बन्धी अवधारणालाई मात्र यहाँ विश्लेषण ढाँचाका रूपमा लिइएको  छ । विश्लेषणका क्रममा दलितहरूको आर्थिक स्थितिको पहिचानका निम्ति उत्पादनसम्बन्ध र राजनीतिक अवस्थाको अवबोधका निम्ति कथाका पात्रमा विद्यमान राजनीतिक चेतनाको अध्ययन गरिएको छ । प्रस्तुत लेखमा सत्ता र शक्तिको आडमा कथित माथिल्लो जात तथा वर्गबाट वर्षौँवर्षदेखि दलितहरूले शोषण, दमन भोग्दै आएका भए तापनि त्यसका विरुद्ध  प्रतिरोध पनि गर्दै आएको परिप्रेक्ष्यमा दलित मुक्तिचेतनालाई कथाकारले सशक्त ढङ्गमा प्रस्तुत गर्न सफल भएको निष्कर्ष निकालिएको छ । 

Abstract
24
PDF
20

Downloads

Published

2026-09-11

Issue

Section

Research Article

How to Cite

Shrestha, U. (2026). ऋषिराज बरालका कथामा दलित मुक्तिचेतना. Humanities and Social Sciences Journal, 18(1), 245-257. https://doi.org/10.3126/hssj.v18i1.99869