राणा विरुद्धको सशस्त्र क्रान्तिमा रेडियोको प्रयोग

Authors

  • Jagat Nepal रत्न राज्यलक्ष्मी क्याम्पस, त्रि.वि.

Keywords:

मिडिया, पत्रकारिता, सन्देश, प्रजातन्त्र, निरङ्कुशतन्त्र

Abstract

प्रस्तुत अनुसन्धानात्मक लेख राणा शासन विरुद्ध (२००७) को सशस्त्र क्रान्तिमा विद्रोही नेपाली काङ्ग्रेसले युद्ध हतियारका रूपमा रेडियोलाई कसरी प्रयोग गरेको थियो र त्यले शासक वर्गको मनोबल कमजोर बनाउन के कस्तो योगदान गरेको थियो भन्ने विषयमा केन्द्रित छ । रोलक्रमका आधारमा राणाहरूले मात्र शासन चलाउन पाउने गरी बिव.सं. १९०३ सालमा जङ्गबहादुरले सुरू गरेको शासन व्यवस्थाले सय वर्ष पार गर्दा दोस्रो विश्वयुद्धको समाप्ति (सन् १९४५), अङ्ग्रेजहरूको भारतबाट वहिर्गमन, एसियाली मुलुकहरूमा सुरू भएको स्वतन्त्रता र प्रजातन्त्रको लहरका कारण सङ्कट उन्मुख बन्दै थियो । भारतमा शासन गरिरहेका अङ्ग्रेजहरू त्यहाँबाट फर्किने अन्तिम तयारीमा थिए । तिनै ताकाको कुरा हो, नेपालबाट शासन शासन अन्त्य गर्ने मूल उद्देश्यका केही वर्षको अन्तराल (२००३–२००६) मा नेपाली काङ्ग्रेस र नेपाल कम्युनिस्ट पार्टी स्थापना भए । यी दलले राणाहरूको अन्याय, अत्याचार विरुद्ध जनतालाई जागरुक बनाउने अभियान चलाइरहेका थिए । यस क्रममा २००७ साल असोज १० र ११ गते बैरगनिया (भारत) मा सम्पन्न नेपाली काङ्ग्रेसको सम्मेलनले सशस्त्र क्रान्ति गर्ने औपचारिक निर्णय लिएपछि शासक वर्गका लागि सङ्कटका दिन सुरू भए । सशस्त्र क्रान्तिको अन्तिम तयारी भैसकेको अवस्थामा कात्तिक २१ गते काठमाडौँ स्थित भारतीय दूतावासमा शरण लिन पुगेका राजा त्रिभुवन कात्तिक २६ गते जहाजबाट सपरिवार दिल्लीका लागि उडे । त्यस अघि कात्तिक २५ गते मध्यरातमा काङ्ग्रेसको मुक्ति सेनाले वीरगञ्ज कब्जा गरिदियो । राजाले शरण लिनु र काङ्ग्रेसले वीरगञ्ज कब्जा गर्नु यी दुई घटनाले राणा सरकारका दिनगन्ती सुरू भए । यसबीच विद्रोहीले राणा फौजलाई पराजित गरी धेरै सहरमा कब्जा जमाए पनि विराटनगरलाई नियन्त्रणमा लिन सकिरहेका थिएनन् । यही परिवेशमा राणा विरुद्ध प्रचार युद्ध चलाउने उद्देश्यले ‘प्रजातन्त्र नेपाल रेडियो’ को प्रसारण आरम्भ भयो । त्यो क्रान्तिमा विद्रोहीको गोली, बम, बारुद भन्दा पनि रेडियो शक्तिशाली साबित भयो । यो आलेख क्रान्तिकालमा रेडियोको प्रयोग कसरी भयो ? के कस्ता समाग्री प्रसारण भए ? राणा शासक र नेपाली समाजमा त्यसले कस्तो प्रभाव पा¥यो ? क्रान्तिमा रेडियोले कसरी सहयोग पु¥यायो भन्ने विषयमा केन्द्रित छ ।

Abstract
86
PDF (Nepali)
0

Downloads

Published

2024-12-01

How to Cite

राणा विरुद्धको सशस्त्र क्रान्तिमा रेडियोको प्रयोग. (2024). Humanities and Social Sciences Journal, 16(1-2), 165-176. https://doi.org/10.3126/hssj.v16i1-2.87413

Issue

Section

Research Article

How to Cite

राणा विरुद्धको सशस्त्र क्रान्तिमा रेडियोको प्रयोग. (2024). Humanities and Social Sciences Journal, 16(1-2), 165-176. https://doi.org/10.3126/hssj.v16i1-2.87413